images

सोमवार, बैशाख १७ गते २०८१

काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिन्छौँ : रास्वपा

काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिन्छौँ : रास्वपा

images
images
images
बुधवार, फाल्गुण ३० २०८०
बुधवार, फाल्गुण ३० २०८०
  • काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिन्छौँ : रास्वपा

    काठमाण्डाै, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आफ्ना मन्त्रीहरुले काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिने बताएका छन् ।

    images

    बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भएकाले आफूहरु सरकारमा सहभागी बनेको बताए । उनले फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी व्यक्तिले चासो राख्नु स्वभाविक भएपनि आन्तरिक पार्टी मेकानिजममा नबोल्न चेतावनी दिए ।

    उनले प्रधानमन्त्रीको समर्थनमा रास्वापको चाल चेसमा उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्ने मात्रै रहेको बताए । उनले नेपाली काँग्रेसप्रति लक्षित गर्दै गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न गरे ।

    उनले काँग्रेसले रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको बताए । उनले काँग्रेसलक्षित गर्दै उनले च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिन्छन् की भन्ने डरले हिँडिरहनुपरेको बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij