२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले आजित थिएँ : प्रधानमन्त्री दाहाल

बुधवार , फाल्गुण ३०, २०८०

काठमाण्डाै, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आफू आजित भएको बताएका छन् ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले आफू आजित भएकाले गठबन्धन फेर्नुपरेको बताए ।

उनले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा आफू सन्तुष्ट रहेको बताए । उनले नेपाली काँग्रेसभित्रको कचिङ्गल सफा भए पनि आफू खुशी हुने बताए । उनले नेपाली काँग्रेसको समर्थनमा आफू एक पटक मात्रै प्रधानमन्त्री भएको र काँग्रेस नेकपा –माओवादी केन्द्र) को समर्थनमा काँग्रेसबाट दुई पटक प्रधानमन्त्री बनेको बताए ।

प्रधानमन्त्री दाहालले आफूलाई आरोप लगाउन सहज नरहेको जिकिर गरे ।