२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता ल्याउने विषय पेचिलो भयो : उपप्रधानमन्त्री श्रेष्ठ

बुधवार , फाल्गुण ३०, २०८०

  • 586
    Shares
  • 586
    Shares
  • काठमाण्डाै, ३० फागुन ।  उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको बताएका छन् ।

    रुस–युक्रेनबीच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने अझै जटिलता रहेको उनको स्पष्टिकरण थियो । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दुतावासमार्फत आफूले पाएको बताए ।

    नेपालस्थित रुसी राजदुतलाई बोलाएर सेनामा भर्ना भएका नेपालीहरुलाई फर्काउने विषयमा निरन्तर संवाद गर्न आग्रह गरेको बताए । उनले उनीहरुसँग गरिएको सम्झौता रद्ध गर्न र फिर्ता पठाउने प्रक्रियाबारे जानकारी गराउन पनि नेपाल सरकारले रुस सरकारसँग अनुरोध गरेको बताए । त्यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले युक्रेनको कब्जामा रहेका नेपाली नागरिकहरुको रिहाईका लागि पनि रुस सरकारसँग आग्रह गरिएको बताए ।