२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

राष्ट्रिय सभालाई प्राविधिक रुपमा मात्रै राख्ने तरिकाले अगाडी जाँदैन : राष्ट्रिय सभा सदस्य सिटौला

मंगलवार , फाल्गुण २९, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २९ फागुन ।  राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभालाई सामान्य प्राविधिक रुपमा मात्रै राखेर अगाडी जान नसकिने बताएका छन् ।

    मंगलवार राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै राष्ट्रिय सभा सदस्य सिटौलाले राष्ट्रिय सभालाई प्रवुद्ध वर्गको भन्ने तर सामान्य प्राविधिक रुपमा मात्रै राखिएको भन्दै यस्तो तरिकाले राष्ट्रिय सभा अगाडी जान नसक्ने बताए ।

    उनले कांग्रेस रचनात्मक र बलियो प्रतिपक्षको रुपमा बसेर देशको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडी बढाउन आवाज उठाउने बताए । उनले कांग्रेस संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा रहेको बताए ।

    राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्ने उनको भनाई छ । काँग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडी बढाउनको आवाज उठाइने उनले बताए । 
    उनले भने – ‘जनताको हित संरक्षण जसरी गर्नसक्छौँ भनेर संविधानमा परिकल्पना भएको छ ।

    त्यो कार्यान्वयन हुन सकेको छैन । यथार्थ कुरा हो । समग्र विषयमा हामी गम्भिर छौँ । र गम्भिरतापूर्वक छलफल गर्नेछौँ । राष्ट्रिय सभालाई एउटा प्रवुद्ध वर्गको भन्ने अनि सामान्य प्राविधिक रुपमा मात्रै राख्ने तरिकाले राष्ट्रिय सभा अगाडी जाँदैन ।

    हामी नेपाली काँग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडी बढाउनको लागि जनताको हितमा निरन्तर आवाज उठाइरहने छौँ ।

    नेपाली कांग्रेसले यो संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ । र राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्छ भन्ने मुल मान्यतामा रहेर हामी आफ्नो जनताको हितमा आवाज उठाउँछौँ ।’ 
    उनले आफूहरुले देश र जनताको हितको लागि राष्ट्रिय सभामा आवाज उठाउने बताए ।