images

बिहिवार, बैशाख २० गते २०८१

राष्ट्रिय सभालाई देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

राष्ट्रिय सभालाई देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

images
images
images
मंगलवार, फाल्गुण २९ २०८०
मंगलवार, फाल्गुण २९ २०८०
  • राष्ट्रिय सभालाई देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

    काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई ओझपूर्ण र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका छन् । 

    images
    images
    images

    मंगलवार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओझपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताए ।

    उनले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कानून निर्माण लगायत हरेक कामलाई गम्भिरताका साथ लिएर अगाडी बढ्ने बताए । उनले विभिन्न पार्टीसँग आवद्ध राष्ट्रिय सभा सदस्यहरुलाई एकतावद्ध बनाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको बताए । उनले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर सभाको गरिमा बढाउने गरी काम गर्ने बताए । 

    उनले भने – ‘भोलिको दिनमा म आफ्नो ठाउँबाट जे उद्देश्यका साथ, जे प्रतिवद्धताका साथ र जे चाहना र भावनाका साथ मलाई यो ठाउँमा पु¥याउनुभएको छ, म त्यो काम पूरा गर्नको निम्ति तयार रहनेछु । मैले मुख्य गरेर राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने कुरा र राष्ट्रिय सभाले गर्नुपर्ने सबै दायित्व, भुमिकाहरुलाई पूरा गराउनको निम्ति म सबै दलसँग आवद्ध माननीय सदस्यहरुलाई एकतावद्ध बनाएर लैजाने कुरामा प्रतिवद्ध छु ।

    म त्यसमा सफल हुनसक्छु भन्नेकुरामा मलाई आत्मविश्वास पनि छ । म त्यही अनुसार अगाडी बढ्छु । संविधानमा उल्लेख भए अनुसार राष्ट्रिय सभाले निर्वाह गर्नुपर्ने भुमिका देश र जनताको निम्ति, कार्यपालिकासँग जोडिएर गर्नुपर्ने भुमिकाहरुलाई मैले स्थापित गर्ने ढंगले, गरिमा बढाउने ढंगले मैले भुमिका पूरा गर्न कोशिस गर्छु ।

    राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भिरताका साथ लिएर म अगाडी बढ्छु । त्यो कानुन निर्माण होस् अथवा अरु सवाल किन नहोस् । राष्ट्रिय सभालाई ओझपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था रहेछ भन्ने खालको बनाउन म आफ्नो प्रयत्न गर्नेछु ।’

    अध्यक्ष दाहालले राष्ट्रिय सभा अध्यक्षको रुपमा आफू सफल हुने कुराको आत्मविश्वास रहेको बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij