२०८२, चैत्र १२ गते

Mar 26 2026 | २०८२, चैत्र १२ गते

सरस्वती पूजामा दीपमा बटुक सम्मान

मंगलवार , फाल्गुण ४, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • बुटवल, ४ फागुन । 
    बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलमा सरस्वती पूजा तथा बटुक सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दीप नगरमा अवस्थित श्री सन्तोषी माता गुरुकुल विद्याश्रमका चार जना बटुक विद्यार्थीहरूलाई नगदसहित शैक्षिक सामाग्रीद्वारा सम्मान गरिएको हो । सम्मानित हुनेमा चुरामणि गैरे, राजन चापागाई, सुवास सुवेदी र श्याम पौडेल रहेका छन् ।  

    सरस्वती पूजाको आरम्भमा बटुक विद्यार्थीहरूले स्वस्ति वाचन गरेका थिए । त्यसै गरी सरस्वती पूजाको दिनलाई शुभ दिन मानिने भएकाले स–साना बालबालिकाहरूलाई अक्षराम्भ गराइएको थियो भने नयाँ भर्ना हुने विद्यार्थीहरूलाई छुट प्रदान गरिएको थियो । 

    विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको प्रमुख आतिथ्यता, उपप्राचार्य त्रय कलाधर अर्याल, ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य, प्लस टु संयोजक बसन्त कुमार जोशी, लेखा प्रमुख रेखा श्रेष्ठको आतिथ्यतामा सम्पन्न सरस्वती पूजा तथा सम्मान कार्यक्रमको सञ्चालन बालकृष्ण पाठक र पुरुषोत्तम पाण्डेयले गरेका थिए ।