२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

तीनदिने रेडियो उद्घोषण तालिम सम्पन्न

सोमवार , फाल्गुण ३, २०७७

भैरहवा, ३ फागुन ।
संस्कार इङलिस बोर्डिङ स्कूल सियारी–४, रुपन्देहीको आयोजनामा सञ्चालन भएको ३ दिने रेडियो उद्घोषण तालिम सोमबार सम्पन्न भएको छ । 

विद्यालय सञ्चालक समितिका अध्यक्ष बुद्धि बहादुर सिलवालको अध्यक्षतामा भएको समापन कार्यक्रममा रुपन्देही एफं.एम.का स्टेशन म्यानेजर शंकर पाण्डेले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । तालिममा ३१ जना विद्यार्थीको सहभागिता रहेको थियो । फागुन १ गतेदेखि ३ गते सम्म सञ्चालन भएको तालिममा लुम्बिनी प्रेस क्लब रुपन्देहीका सचिव तथा प्रशिक्षक शंकर पाण्डेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल लोक शर्मा बस्यालले सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गरे । सहभागीको तर्फबाट कञ्चन बुढाथोकी, विमल यादव, मनिष मिश्र लगायतले आ–आफना अनुभव सुनाएका थिए ।कार्यक्रम शिक्षा प्रमुख गंगा चापागाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयको २४ औं स्थापना दिवसको अवसर पारी भएको कार्यक्रम अन्तर्गत सोमबार सांझ विद्यालयमा दिप प्रज्वलन समेत गरिएको प्राचार्य बस्यालले बताए ।