
सोमवार , फाल्गुण ३, २०७७
बुटवल, ३ फागुन ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल बुटवल शाखाले कोरोना संक्रमणबाट मृत्यु भएका बिमितका परिवारलाई जीवन बिमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढवाहा निवासी स्वर्गीय ज्ञानुराज बलको परिवारलाई सोमबार बीमा दावीवापत ३ लाख ८४ हजार ३६४ रुपैयाँ बिमा दावी हस्तान्तरण गरिएको हो ।
सोमबार एक कार्यक्रमकाबीच एलआइसी नेपालका बुटवल शाखा प्रबन्धक गिरिराज घिमिरे, एजेन्सी म्यानेजर यमबहादुर राना र अभिकर्ता कल्पना बस्नेतले बीमा दावीवापतको रकम स्वर्गीय ज्ञानुराजकी श्रीमती हिरा पेग्नीलाई हस्तान्तरण गरेका हुन् ।
मृतक ज्ञानुराजले तीन वर्षअघि ३ लाख रुपैयाँको जीवन आनन्द बीमा गरेका थिए । रकम हस्तान्तरण गर्दै एलआइसी नेपालका बुटवल शाखा प्रमुख गिरिराज घिमिरेले आफुहरुले प्रदान गरेको उक्त रकमले मृतकको परिवारको घाउमा मलमको काम गर्ने बताए ।
एजेन्सी म्यानेजर यमबहादुर रानामगरले आवश्यक कागजात पूरा गरेको मृत्यु भएको दुई महिनामा दावी रकम हस्तान्तरण गरेको भन्दै कम्पनीको विश्वसनीयताबारे आफ्नो धारणा राखेका थिए । बीमित ज्ञानुराज बलको कोरोना संक्रमणका कारण उपचारको क्रममा गत मंसिर २० गते काठमाडौंमा निधन भएको थियो । बीमा रकम बुझेपछि ज्ञानुराजकी श्रीमती हिराले संकटको बेला बीमा वापत पाएको रकमले ठूलो राहत पुगेको बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij