२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

यौन उत्पीडनसम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सोमवार , फाल्गुण ३, २०७७

भैरहवा, ३ फागुन ।
केयर नेपाल र दलित सामाजिक विकास केन्द्रको साझेदारीमा सञ्चालित अब मेरो पालो परियोजनाद्वारा गठित सगरमाथा किशोरी समुहको आयोजना र केयर नेपाल र दलित सामाजिक विकास केन्द्रको सहयोगमा उर्लदो सय करोड अभियानको अवसरमा यौन उत्पीडन सम्बन्धि अन्तरक्रिया कार्यक्रम देवदह नगरपालिका वडा नम्बर १ लक्ष्मी आधारभूत विद्यालयमा सम्पन्न भएको छ ।

सगरमाथा किशोरी समुहको सदस्य मनिसा आरखको अध्यक्षता तथा किशोरी अमृता सिंजालीले स्वागतमा सम्पन्न कार्यक्रममा समाजसेवी बाबुराम पंगेनी, बेचन प्रसाद यादव शिक्षक विसखा राना, लिला मल्लाह लगायतले बोलेका थिए ।

कार्यक्रममा किशोरीहरु कृति चाई, राजकुमारी यादव, शितल चाई, दलित सामाजिक विकास केन्द्रका कर्मचारी सन्तोष पन्थी र रञ्जना चौधरीले कार्यक्रममा सहजीकरण गरेका थिए ।

कार्यक्रममा विषयवस्तुमा छलफल, सचेतनामुलक कविता, गित प्रस्तुत गरिएको थियो। समाजसेवी, शिक्षक धर्मगुरु, अभिभावक किशोर किशोरी लगायतको कार्यक्रममा उपस्थित रहेको थियो । सगरमाथा किशोरी समुहको सचिव टिना ठाडाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।