
आइतवार , फाल्गुण २, २०७७
पाल्पा, २ फागुन ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दोस्रो प्रदेश अधिवेशन पाल्पाको तानसेनमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा पुस्करराज रेग्मी र सचिवमा त्रिसना खराल निर्वाचित भएका छन ।
एक संकल्प राष्ट्रका लागि विषयमा भइरहेको प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दोस्रो प्रदेश अधिवेशनले महत्वपूर्ण पाल्पा घोषणापत्र जारी गर्ने राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले जानकारी दिए ।
आधुनिक विश्वपरिवेशका सकरात्मक र आवश्यक विषयलाई आत्मसात गर्दै व्यक्ति निर्माणका माध्यमद्वारा दलगत राजनीतिदेखि माथि रही प्राज्ञिक विद्यार्थी परिषद्ले विगत २५ वर्षदेखि लक्ष्य प्राप्तिका लागी युवाहरुमा प्रशिक्षण दिइरहेको ढकालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij