images

शुक्रवार, बैशाख २१ गते २०८१

मनोपरामर्शमा रञ्जुको संघर्ष

मनोपरामर्शमा रञ्जुको संघर्ष

images
images
images
सोमवार, फाल्गुण १४ २०८०
सोमवार, फाल्गुण १४ २०८०
  • मनोपरामर्शमा रञ्जुको संघर्ष

    आम मानिसले सुन्दरता र स्वास्थ्यको विषयलाई जति सरल तरिकाले लिन्छन्, यसको महत्व जटिल र विशाल छ । सुन्दरता र स्वास्थ्यलाई शब्दमा भन्दा पनि भावनामा बुझ्न अलि सहज हुन्छ । रुप आकर्षक हुनु वा पहिरन उच्च हुनु मात्र सुन्दरता होइन । सुन्दरता र स्वास्थ्यको अर्थ तथा परिभाषा मानिसको सोचले तय गर्ने गर्छ । हो, यही विषयमा अहिले समाजमा खुलेर लागेकी महिला हुन् रञ्जु शर्मा । शर्मा अहिले स्वस्थ र सहज जीवनको अभियानमा लागेकी छन् ।

    images
    images
    images

    अहिले शारीरिक र मानसिक समस्यामा परेकाहरुको उद्वार तथा सहजीकरणमा लागेकी शर्मा आफैलाई मानसिक र शारीरिक रुपमा स्वस्थ बन्नका लागि निकै संघर्ष गर्नुपर्‍यो ।

    शर्माको जन्म २०३५ सालमा काठमाडौंको क्षेत्रपाटीमा भएको थियो । घरको जेठी छोरी शर्माले सुरुवाती दिनदेखि नै संघर्षमा जुध्नुपर्‍यो। उनका एक भाई र र एक बहिनी थिए । घरको जेठी छोरी भएकै कारण उनको १७ वर्षको कलिलो उमेरमा विवाह हुन पग्यो । कक्षा १२ मा पढ्दै गर्दा उनको मागी विवाह भएको थियो ।

    विवाह भएपछि उनी काठमाडौंबाट भैरहवा कर्म घर आइन् । कर्म घर आउँदा उनलाई छुट्टै संसारमा आएको आभास भयो । ६ जनाको सानो परिवारमा हुर्केकी उनी विवाहपछि २५ जना सदस्य रहेको परिवारमा आउनुप¥यो । ठूलो परिवारको तौरतरिकामा ढल्न निकै समय लाग्यो । उनी भन्छिन्, ‘संस्कार संस्कृति र परिवेश पूरै फरक खालको थियो, दिनहुँ सारी लगाएर बस्नुपर्ने, बिहान उठेदेखि सुत्ने बेलासम्म घरकै चार दिवालभित्र काम मात्रै गर्नुपर्ने लगायतका कार्यले केही समय असहज महसुस भए पनि यी सबै कुराले मलाई परिपक्व भने बनायो ।’

    ‘बिहे भएको केही समयमा नै सबै दाजुभाईको छुटाभिन्दा भयो । म र मेरो श्रीमान् सासु आमासँगै बस्यौ, विवाह भएको दुई वर्षमा मेरो जेठो छोराको जन्म भयो । उ जन्मेको दुई वर्षमा फेरी कान्छो छोरोलाई जन्म दिए । यसरी एउटी छोरीबाट श्रीमती, बुहारी, आमा हुँदै आफ्ना जिम्मेवारी निभाउँदै गर्दा बच्चाहरुसँगसँगै म पनि हुर्किदै गएछु, पत्तै भएन,’ शर्मा भन्छिन् ।

    आफूले थुप्रै परिवर्तनका धारहरु पार गरे पनि घरको परिवेश भने उही पुरानो नै रहेको बताइन् । चुलो चौकासँगै आफूलाई अन्य सामाजिक कार्यमा अगाडि बढाउन खोजे पनि बाहिर निस्कनका लागि परिवारबाट त्यति सहज नभएको महशुष गरे, उनले भनिन ।

    त्यसपछि मलाई केहि असहज महशुष भयो । म आफू पनि मनोरोगको शिकार भए कि भन्ने डर लाग्यो । त्यति नै बेला छिमेकी नन्दबहिनीले आएर तीन दिनको ओसोको ध्यान शिविरमा जाउँ भन्न आउनुभयो, ’उनले भनिन् ।

    ‘तीन दिन त हो, भनेर गएको शिविरमा ध्यान बसेपछि म मा एक प्रकारको सकारात्मक सोच र उर्जा आउन थाल्यो ।

    त्यसपछि उनले एउटा अठोट लिएर अगाडि बढ्ने उनले निधो गरिन् । अब आफूले आफैलाई आध्यात्मिक बाटोतर्फ लाग्न थाले, ओशोमा जादैगर्दा कतिपयले यो अब जोगी हुने भइ पनि भने । म मरो विचारबाट कहिल्यै बिचलित नभइ निरन्तर रुपमा लागिरहे उनले भनिन्, ‘अब मेरो जिउने सहारा नै मेडिटेशन हो ।’

    ‘अब म घरमा मात्र नभएर घरभन्दा थोरै बाहिरी संसारमा हिंड्न थाले । संघ–सस्थामा लाग्न थाले । आफूले भोगेका समस्या अरुले भोग्न नपरोस भनेर समाजमा निस्कन थाले । आफूले सिकेको कुराहरु आफ्नै घरबाट सुरु गरे । मेरो छोराहरु, छिमेकमा रहेका नानीबाबुलाई मेडिटेशनदेखि योगा मोटिभेशनल कार्यक्रम, शिविर सञ्चालन गरी चलाउन थाले । म लगायत मेरो तीन जना साथी मिलेर शिविरमा बालबालिका मात्र नभएर शिक्षक, परिवार, आमा समुहहरु जम्मा गरी चलाउँदै गए,’ शर्माले भनिन् ।

    New Artice Designaaadasd.jpg

    यसले केही हदसम्म परिवर्तन आएको अनुभव गर्दै अब यही यात्रामा लाग्ने अठोट गरेर हिंडेको उनले बताइन् । हुन त त्यो परिवारमा म मात्र सामाजिक क्षेत्रमा लागेको होइन् । मेरै घरको परिवारबाट अन्य सदस्यहरु पनि महिलाको हकहितको लागि काम गर्ने गर्नुहुन्थ्यो । तर, मलाई पर्दा मेरो लागि बोलिदिने कोही भएन, शर्माले गुनासो गरिन् ।

    मैले परिवारलाई पुर्ण रुपमा समय दिन नसक्ने, परिवारले मलाई समय दिन नदिएको महसुष भयो, जसले गर्दा परिवार र म वीचमा केहि तिक्त्तता बढ्दै गयो । ‘यहाँसम्म आउँदा मेरा छोराहरु १७/१८ वर्ष पुगिसकेका थिए । अब म आफ्नो लागि बाँच्न चाहे । आफूलाई निखार्न चाहे । २० वर्षको वैवाहिक जीवनलाई बिट मार्दै म आफ्नो लक्ष्यतर्फ लागे । शर्माले भनिन्, ‘त्यसैबीचमा मलाई जन्म दिने मेरी आमा प्यारालायसिस र क्यान्सर रोगसँग लडिरहनुभएको थियो, आमाको त्यस्तो अवस्था देखेपछि आफुलाई सम्हाल्न सकिन, आमाको सेवा गर्छु भनी माइती घर पुग्दा मलाई माइतीमा बस्न दिइएन, आमाको उपचार र स्याहारसुसार गर्न पाइन,’ उनले भनिन् ।

    त्यसबखत आफूमाथि हातपाई भएको उनको भनाइ छ । ‘घर तथा श्रीमान् छोडेकी चरित्रहिन, कलंक महिला जस्ता शब्दले अपमानित हुनुपर्‍यो । आफैले जन्म लिएको घरमा त आफ्नोपन पाइएन । म कुनै दिन घरको लक्ष्मी भए, कुनै दिन अलच्छिना हुन पुगे । उनले भनिन्, ‘ती दिन आज पनि मनसपटलमा ताजै छन् ।’

    मलाई माइती पक्षका अन्य सदस्यहरुले हातपात गरे पनि मेरी आमाले भने घिर्सिदै घिर्सिदै आएर त्यसलाई केही नगर छोड्दे, नानु त यहाँबाट जाउ, तेरो जीवन बच्चा भन्नुभयो । त्यतिबेला म लाचार जस्तै भएर बसे । एउटा बुवाआमाको लागि एउटा सन्तान कहिल्यै खराब हुँदैन, परिस्थितिले मलाई नितान्त एक्लो, लाचार र पिडै पीडाले गहिरिएको आँखाले थामि नसक्ने समुद्रको बीचमा पु¥याएको थियो ।
    किनारा भेटाउन धेरै पौडिनुपर्ने थियो शर्मा भन्छिन्, ‘म आफ्नो अगाडि मृत्यु मात्र देख्ने गर्दथे । तर, म भित्र आध्यात्मिक जीवन र आमाबाबाको आशीर्वाद थियो । जसले मलाई अगाडी बढ्न प्रेरित ग¥यो । जीवनबाट हार नमानिकन अगाडि बढ्ने संकल्प गरे । एक्लो जीवनलाई अध्ययन सँगसँगै काममा पनि लगाए ।

    ‘कामको सिलसिलामा उनलाई देश बाहिर जाने अवसर मिल्यो । उनी कोरिया, चीन, भियतनाम पुगे । त्यहाँको कामको अनुभवले मलाई थप जिम्मेवार बनायो । त्यसपछि म देशका पूर्वदेखि पश्चिम, सुगमदेखि दुर्गम ठाउँमा पुगि सिक्दै र सिकाउदै जीवनलाई निर्खादै लगे, ’शर्माले भनिन् । कामकै सिलसिलामा उनले ४ वर्ष पोखराको आई बी स्कूलसहित अर्को स्कूलमा गरी चार वर्ष प्रिन्सिपलको रुपमा काम गरेको बताइन् ।

    यसबीचमा आमाको मृत्यूको खबर आयो । विगतको व्यवहारले मेरो मनमा डर जमाएको थियो । अन्तिम संस्कारको लागि पनि जाने हिम्मत आएन उनमा । उनले भनिन्, ‘जहाँ बस्थे त्यही ठाउँबाट १३ दिनको कर्म गरे । त्यतिबेलासम्म जीवनलाई नजिकबाट भोगिसकेको थिए । कसैको आशा, आड र भरोसा भन्ने चिजको भ्रमलाई चिरिसकेकी थिए । बाँकी थियो त केवल समाज परिवर्तन, मानसिक रुपमा समाजलाई स्वस्थ राख्नु । समाजलाई स्वस्थ राख्नुपर्दछ भन्ने मेरो जिम्मेवारी लागिरहेको थियो । परिवारबिहीन छोरीहरु र अटीजम भएका बालबालिकाको लागि लामो समय काम गरेकी थिए । त्यही अनुभवले थोरै भए पनि कोसैको मुहारमा मुस्कान ल्याउन सकिन्छ की भनेर एकलै ६ वर्ष गुमनाम जीवन बिताए । ’

    ‘सायद जीवनको लेखान्त होला आफ्नो जीवनमा तेस्रो अध्याय सुरु भयो, उनले बताइन् । जीवनमा फेरी अर्को मोड आयो । लामो समयको अन्तरालपछि छोराहरुसंग मेरो भेट भयो ।

    छोराहरुकोे आग्रहमा श्रीमानसँग पुनः एकपटक भेट भएको उनले बताइन् । श्रीमानसँग भेट हुँदा केही पारिवारिक कुराहरु भएसंगै घर छाडेको ६ वर्षपछि पुनः पारिवारिक मिलन भएको शर्माले जानकारी दिइन् ।

    अध्ययन र व्यवहारिक ज्ञानले गर्दा होला मानिसको मन राम्रोसँग पढ्ने भएकी थिए । अब मलाई समाजले के भन्ला, भन्ने म सोच्नै छाडिसकेकी थिए,’ उनले भनिन् । जीवनमा केवल सकारात्मक सोच, आफनो कामलाई निरन्तरता दिन लागेपछि आफूलाई देख्दा यो समाजले खासखुस गरेको उनको भनाइ छ ।

    ‘तर, यस्ता कुराले मलाई केही छोएन् । म मेरो आफ्नो कामलाई निरन्तरता दिइरहेकी थिए । त्यसका लागि एउटा संस्था खोलेकी छु । एबलन नेपालको संस्थाबाट मैले काम गरिरहेकी छु । मसँग एकजना बहिनी पनि हुनुहुन्छ । हामी समाज रुपान्तरण अभियानमा लागिरहेका छौं उनीहरु यस अभियानमार्फत लागूऔषध दुव्र्यसनको कुलतमा फसेका, मानसिक समस्यामा परेका, घरेलु हिंसामा परेकाहरुको लागि मलमपट्टी बनेका छन्,’ उनले भनिन् ।

    शर्माले अहिले मानसिक सचेतना कार्यक्रम गर्नकै लागि गाउँगाउँ, अस्पताल, विद्यालय, सामाजिक संघ–संस्था, बैंक तथा वित्तीय सस्था, प्रहरी चौकीमा गएर मानसिक स्वास्थ्यको बारेमा तालिम दिने गरेको बताउँछिन् ।

    उनले अहिले लुम्बिनी प्रदेशमा रहेका विभिन्न ११ वटा रिह्याव सेन्टरमा र बालसुधार गृहमा काम गरिरहेको बताउँछिन् । आफुले गरेको कामले आफूभित्र हराएका, लागूऔषधमा फसेका, आत्महत्या गर्ने स्थितिमा पुगेका युवायुवती, बालबालिकालाई जीवन दिन पाउँदा, परिवारसँग भेट गराउन पाउँदा आफूलाई निकै आनन्द महसुस भएको छ ।

    उनी भन्छिन, ‘मानसिक समस्या भन्नेबित्तिकै हाम्रो समाजमा सोच्ने र बुझ्ने शक्ति गुमाएको भन्ने बुझ्ने चलन छ, तर त्यस्तो होइन । मानसिक समस्या भनेको मनका बिरामी हुन् । उनीहरुमा आएका विचार, सोच, अन्तरक्रिया गर्न सकिरहेको हुँदैनन् । यसलाई हामीले सिकाईका विभिन्न माध्ययमबाट बुझाउन सक्नुपर्छ ।

    आफूमा आएका समस्याहरु आफूभित्रै दबाएर राख्ने, आफूभित्रै कुरा गर्ने गर्दा मानसिक समस्या हुने गरेको बताउँदै शर्मा यसरी सुनको पिंजडाबाट बाहिरी संसारमा आफ्नो उडान भर्दै परिवार र छोराहरुको साथमा समाज परिवर्तनको लागि एउटा दरिलो खम्बा बनेर अडिएकी छन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij