
शनिवार , फाल्गुण १, २०७७
बुटवल, १ फागुन । प्रधानमन्त्री केपि शर्मा ओलीले दिगो शान्ति र राजनैतिक स्थिरता बिना मुलुकमा समृद्धि संभव नरहेको बताएका छन्।
बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म संचालन हुने केबुलकार शिलान्यास गर्दै प्रम ओलीले मुलुकको दिगो बिकास र आर्थिक समृद्धिका लागि सरकार निजि क्षेत्रसँग सहकार्य गर्न सदैव तयार रहने प्रतिबद्धता ब्यक्त गरेका छन्।
बिसं २०७२ सालको महाभुकम्प र हाल बिश्वब्यापी महामारीका रुपमा फैलिईरहेको कोभिड १९ का कारण नेपालको पर्यटन क्षेत्र सर्वाधिक प्रभावित भएको चर्चा गर्दै प्रम ओलीले अव सरकार, निजि क्षेत्र र आम बिकासप्रेमी सबै मिलेर पर्यटन प्रबद्र्धन र आर्थिक बिकासका एजेण्डामा एकजुट भएर अघि बढ्नु पर्ने आवश्यक्ता औंल्याएका थिए।
सो अवसरमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, बुटवल उपमहानगरपालीका प्रमुख शिवराज सुबेदी लगाएतले शान्ति, बिकास र सहकार्य आजको आवश्यक्ता रहेको उल्लेख गर्दै बुटवल बिकासको रोल मोडल बन्ने अभियानमा रहेको धारणा ब्यक्त गरेका थिए।
बुटवलमा निर्माणाधिन लुम्बिनी केबुल कारको लम्बाई करिब ३ किमि रहने र आगामी २ बर्ष भित्र निर्माण सम्पन्न भै संचालनमा आउने लुम्बिनी केबुल कार प्रलिका अध्यक्ष चन्द्रप्रकाश ढकालले कार्यक्रममा स्वागत गर्दै जानकारी गराए।
कुल ७५ करोडको लागतमा निर्माण सम्पन्न हुने सो केबुल कार संचालनमा आएपछि पश्चिम नेपाल र भारतको उत्तर प्रदेशसम्मका पर्यटकहरुका लागि सजिलो र आकर्षक गन्तब्य हुने बिचार ढकालले ब्यक्त गरेका थिए।
नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका ढकालले निर्धारित समय अगावै केबुल कार संचालनमा ल्याउने दावी समेत गरेका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij