मंगलवार , श्रावण २०, २०७७
भैरहवा, २० साउन ।
जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर १ ले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । सोही क्रममा मंगलबार पार्टीले ओमसतिया गाउँपालिका वडा नम्बर ५ पटखौलीमा गाउँ कमिटी गठन गरेको छ ।
महेन्द्र नाउको संयोजकत्वमा ८१ सदस्यीय गाउँ कमिटी गठन गरिएको जनमत पार्टीले जनाएको छ ।
पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देही जिल्ला सचिव शिवचरण केवट, जिल्ला सदस्य चन्द्र कुमार सिंह, विजय यादव, क्षेत्रीय सह–संयोजक प्रदेशी केवट, ओमसतिया गाउँपालिका इञ्चार्ज अम्मर सिंह चौधरी, रोहिणी गा. पा. इञ्चार्ज बिस्नु चौधरी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij