२०८२, फाल्गुण १९ गते

Mar 03 2026 | २०८२, फाल्गुण १९ गते

सदुपयोग सहकारीको १२ औं स्थापना दिवसमा सहकारी शिक्षा तालिम

बुधवार , माघ २४, २०८०

  • 856
    Shares
  • 856
    Shares
  • तिलोत्तमा, २४ माघ । 
    सदुपयोग बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा नगपालिका–२, रुपन्देहीले सहकारीको १२ औं स्थापना दिवसको अवसरमा एकदिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सहकारीका सदस्यहरुको कार्यक्षमता र कार्यदक्षता वृद्धि गर्नका लागि सहकारी संस्थाले तालिमको आयोजना गरेको हो ।  

    सहकारी शिक्षा तालिमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका सहकारी शाखाका पूर्व प्रमुख कृष्ण पाण्डेले तालिमले सहकारीका सदस्यहरुको व्यक्तित्व विकास हुनुको साथै कार्यक्षमता तथा कार्यदक्षताको विकाससँगै आइपर्ने समस्या समाधान गर्ने क्षमताको विकास हुने बताए । उनले सहकारीको सदस्य बन्दा स्थानीयस्तरमा दर्ता भएका सहकारीमा मात्र बन्न र बाहिरी जिल्लाबाट आएका सहकारीको सदस्य नबन्न सुझाव दिए । 

    सदुपयोग सहकारीका अध्यक्ष कमल अर्यालले सहकारीका शेयर सदस्यहरुलाई  समयानुसार नयाँनयाँ प्रविधिहरुको प्रयोग गर्दै वैज्ञानिक विश्लेषणात्मक दृष्टिकोण राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।

    सहकारीका पदाधिकारी, कर्मचारी तथा सदस्यहरु प्रशिक्षित भइ कार्यक्षमता अभिवृद्धि गरेमा मात्र संस्था सञ्चालनमा सहजता आउने र सहकारी क्षेत्रको भविष्य समेत उज्जवल हुने आवश्यक्ता महसुस गरेर सहकारीले पहिलोपटक तालिमको आयोजना गरेको अध्यक्ष अर्यालले बताए । 

    कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार कर्ण बहादुर टण्डन, गोपाल कार्की, खिमानन्द भट्टराई, कालिका अधिकारी, उपाध्यक्ष नारायणी शर्मा, सचिव प्रकाश चापागाई, सदस्य राधिका बस्याललगायतले बोल्दै तालिममा सिकेका कुराहरुलाइ ब्यवहारमा कार्यान्वयन गर्न आग्रह गरे । 

    सहकारी संस्थाका ४० जना महिला सदस्यहरु सहभागी रहेको सहकारी शिक्षा तालिममा सहकारी प्रशिक्षक मुकुन्द ज्ञवालीले सहकारीका पदाधिकारी, सदस्य, शेयर सदस्य तथा व्यवस्थापकको काम, कर्तव्य, दायित्व र अधिकारलगायतका विषयमा सहजीकरण गरेका थिए ।