२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्रणय दिवसमा भैरहवामा लाईभ-ईन कार्यक्रम

बिहिवार , माघ २९, २०७७


भैरहवा, २९ माघ । 
प्रणय दिवस (भ्यालेन्टाईन–डे) को अवसर पारेर भैरहवामा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ब्रदरहुड इभेन्ट म्यानेजमेन्ट ग्रुपको आयोजनामा लाइभ-इन भैरहवा पाँच पचपन्न एण्ड उर्गेन मोक्तान कार्यक्रम हुने भएको हो ।

भैरहवामा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले कार्यक्रमबारे जानकारी गराएका छन् । फागुन २ गते (फ्रेबुअरी १४ तारिख) भैरहवाको गणतान्त्रिक सभा गृहमा हुने कार्यक्रम परिवारसंग बसेर हेर्न मिल्ने गरी सांस्कृतिक कार्यक्रम हुने ब्रदरहुड इभेन्ट म्यानेजमेन्ट ग्रुपका अध्यक्ष ओजश शर्माले बताए । उनले अहिले कोरोना त्रासबाट विस्तारै सहजतातर्फ आउँदै गर्दा मनोरन्जनको लागी कार्यक्रमको आयोजना गरिएको शर्माले बताए । 

कार्यक्रममा कलाकारहरु शाहिल जामिर अली, बिरेन, रियल र, एलएसडी, अमर एण्ड बैण्ड, डिजे अमित, डान्सर बबिता धितालको प्रस्तुति रहने कार्यक्रम संयोजक राहुल विष्टले जानकारी दिए । कार्यक्रमको सञ्चालन दुर्गा गुरुङले गर्ने आयोजकले जनाएको छ ।
एक हजार रुपैयाँ टिकट तोकिएको उक्त कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्चिने आयोजकले जानकारी दिएको छ ।