२०८३, आषाढ २९ गते

Jul 13 2026 | २०८३, आषाढ २९ गते

सिद्धार्थनगर दोस्रो उप–मेयर कप कराते प्रदेशस्तरीय प्रतियोगितामा नवलपरासी प्रथम

मंगलवार , माघ १६, २०८०

  • 967
    Shares
  • 967
    Shares
  • भैरहवा, १६ माघ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्वारा आयोजित दोस्रो उप–मेयर कप कराते प्रतियोगिता–मा नवलपरासी प्रथम भएको छ । ५ स्वर्ण, १ रजत र ३ पदक प्राप्त गर्दै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) टीम प्रथम भएको हो ।

    त्यस्तै ४ स्वर्ण, ४ कास्य र ६ पदक प्राप्त गर्दै रुपन्देही टीम दोस्रो तथा ३ स्वर्ण, १ रजत र ३ कास्य पद प्राप्त गर्दै पाल्पा टीम तेस्रो भएको आयोजकले जनाएका छन् ।

    माघ १४ र १५ गते (दुईदिन) भैरहवामा सञ्चालन भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, रुकुम, गुल्मी र प्युठान गरी ११ वटा जिल्लबाट टीमको सहभागीता रहेको कार्यक्रम संयोजक तथा कालिका कराते डो एकेडेमीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले बताए । कालिका कराते डो एकेडेमीको संयोजनमा प्रतियोगिता भएको हो ।

    सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्सालको अध्यक्षता, नगर उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालको विशिष्ट आतिथ्यता, नेपाल कराते महासंघका केन्द्रीय सदस्य अमिर राई, कमला राना, लुम्बिनी प्रदेश कराते महासंघ सल्लाहकार भरत बहादुर केसी, रेफ्री संयोजक (रुपन्देही) उमेश थापाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    सोमबार समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख अधिकारीले खेलकुद क्षेत्रलाई सिद्धार्थनगर नगरपालिकाले प्राथमिकतामा राखेको बताए । उनले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिदै जाने बताइन् ।

    कालिका कराते डो एकेडेमीका सचिव सन्तोष सिंहको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।