
मंगलवार , श्रावण २०, २०७७
अर्घाखाँची, २० साउन ।
अर्घाखाँची जिल्ला अदालतले आर्थिक वर्ष २०७६/७७ को वार्षिक लक्ष्य र प्रगति विवरण सार्वजनिक गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा १ सय ९४ मुद्धा फछर्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार महेश खनालले बताए ।
एक वर्षको अवधिमा कुल ३ सय ४३ मुद्धा दर्ता भएकोमा १ सय ९४ फछर्यौट भएको र १ सय ४९ मुद्धा फैसला हुन बाँकी रहेको जिल्ला अदालतका न्यायाधिश बासुदेव न्यौपानेले बताए ।
कार्यक्रममा न्यायाधिश न्यौपानेले वार्षिक कार्ययोजना अनुसार मुद्दाको लागत अनुमान, फछर्यौट लक्ष्य, गत आर्थिक वर्षको मुद्दाको लागत फछर्यौट र बाँकीको विवरण, फैसला कार्यान्वयन तर्फको विवरण तथा अदालतमा प्रयोग हुने केही प्रचलित शब्दावलीहरुको बारेमा पनि जानकारी गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij