images

शनिवार, बैशाख १५ गते २०८१

एभरेष्टमा विज्ञान, चित्रकला प्रदर्शनी तथा खाना महोत्सव

एभरेष्टमा विज्ञान, चित्रकला प्रदर्शनी तथा खाना महोत्सव

images
images
images
आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • एभरेष्टमा विज्ञान, चित्रकला प्रदर्शनी तथा खाना महोत्सव

    बुटवल, १४ माघ । 
    बुटवलको सुख्खानगरस्थित एभरेष्ट इङलिस माध्यमिक विद्यालयका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी र खाना महोत्सव गरेका छन् । विद्यालयको सहयोग तथा समन्वयमा शनिबार गरिएको प्रदर्शनीमा विद्यार्थीहरुले तीनवटै प्रदर्शनीमा विभिन्न प्रकृतिका ६÷६ वटा स्टलहरु राखेका थिए । प्रदर्शनी तथा खाना महोत्सवको कक्षा १० मा अध्ययनरत सोहन घिमिरेले बनाएको ड्रोनबेलुन ब्लाष्ट गरेर उद्घाटन गरिएको थियो ।

    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका उपाध्यक्ष भिम बहादुर श्रेष्ठ, उपप्राचार्य उमेश रेग्मी, सञ्चालक तथा लेखा अधिकृत ठाकुरप्रसाद ज्ञवाली, शिक्षक माधव पौडेल लगायतले विद्यार्थीभित्र अद्भुत क्षमता भएकाले उनीहरुको क्षमता प्रदर्शनका लागि विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी र खाना महोत्सव एक उपयुक्त प्लेटफर्म भएको बताए । उनीहरुले सैद्वान्तिकसँगै व्यवहारिक र सीपमूलक ज्ञानका लागि विद्यालयमा आयोजना हुने विभिन्न खाले प्रदर्शनी तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीको बौद्धिक क्षमताको विकास हुने बताए ।

    शिक्षक राजिव वेल्बासे र डाक्टर शालिकराम भण्डारीको संयोजनमा भएको विज्ञान प्रदर्शनीमा विद्यार्थीले बनाएको प्लेन, सेन्सर डस्टबीन, सेन्सर रोबोट, भोलक्यानो, इलेक्ट्रोनिक ग्याजेट, सुन्दर वातानुकुलित वस्ती लगायतका प्रोजेक्टहरु विद्यार्थीहरुले बनाएर प्रदर्शन गरेका थिए । 

    त्यस्तै शिक्षक विशाल थापाको संयोजनमा भएको चित्रकला प्रदर्शनीतर्फ ऐतिहासिक स्थल, विश्वप्रसिद्ध व्यक्तित्वका तस्वीर, वातावरणमैत्री शहरसँगै सृजनशिल तस्वीरहरु प्रदर्शन गरेका थिए । 

    त्यसै गरी होटल व्यवस्थापन शिक्षक सरोज राना र प्रारम्भ न्यौपानेको संयोजनमा भएको खाना महोत्सवतर्फ मःम, चाउमिन, पकोडा, फ्राई आइसक्रिम, पोटेटोफ्राई, कफीलगायतका खानेकुरा पकाएर प्रदर्शन तथा विक्रीवितरण गरेका थिए । 

    खाना महोत्सवतर्फ ११ र १२ को व्यवस्थापनका विद्यार्थीहरुले आफै पकाउँदै, बेच्दै सीपको विकास गरेको विद्यालयका सह–प्राचार्य भिमसेन गौतमले जानकारी दिए । विद्यार्थीको अन्तरनीहित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले विद्यालयको सहयोग र संयोजनमा गरिएको प्रदर्शनीमा विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको विद्यालयका सह–प्राचार्य गौतमले जानकारी दिए ।

    कक्षा ३ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले तीनवटै विधामा आआफ्ना रुचीका आविष्कारहरु प्रदर्शन गरेको उनले बताए । शनिबार नै विद्यालयमा प्रारम्भिक कक्षादेखि माविसम्मको परीक्षाफल प्रकाशन गरिएको थियो । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij