images
images

आइतवार, जेठ ६ गते २०८१

भैरहवामा गाईगोरु छाडा छाड्नेलाई जरिवाना

भैरहवामा गाईगोरु छाडा छाड्नेलाई जरिवाना

images
images
images
बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • भैरहवामा गाईगोरु छाडा छाड्नेलाई जरिवाना

    भैरहवा, ३ माघ ।

    images
    images
    images

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बजारमा छाडा छाडिएका गाईगोरुको व्यवस्थापनसँगै जरिवाना कारवाही पनि थालेको छ ।

    छाडा चौपायाले सवारी दुर्घटनाको जोखिमसँगै नगरको सौन्दर्यकरण समेत असर गरेपछि पालिकाले दोस्रोपटक अभियान चलाएर छाडा गाईगोरुको व्यवस्थापनसँगै गाईगोरु छाडा छाड्ने पशुधनीलाई जरिवाना कारवाही पनि थालेको हो ।

    व्यवस्थापन अभियानको क्रममा दुई जना नगरवासीले पालेका चौपाया (गाईगोरु) छाडा छाडेको पाइएपछि ७ हजार रुपैयाँको दरले जरिवाना कारवाही गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।

    ‘हामीले पटकपटक चौपाया छाडा नछाड्न आग्रह गर्दै आएका छौँ’ उनले भने, ‘तर अब आग्रह होइन, अवस्थाअनुसार जफत र जरिवाना कारवाही गर्छौ ।’

    छाडा छाडिएका गाईगोरुलाई नियन्त्रणमा लिएर देवकोटा चोकस्थित होल्डिङ सेन्टरमा जम्मा गर्ने र त्यसपश्चात राष्ट्रिय गौं संरक्षण तथा अनुसन्धान केन्द्रमा व्यवस्थापन गर्ने गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij