images

सोमवार, बैशाख १७ गते २०८१

७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवस : रुपन्देहीमा साताव्यापी कार्यक्रम गरी मनाइँदै

७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवस : रुपन्देहीमा साताव्यापी कार्यक्रम गरी मनाइँदै

images
images
images
मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवस : रुपन्देहीमा  साताव्यापी कार्यक्रम गरी मनाइँदै

    भैरहवा, २ माघ । 
    ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवस साताव्यापी कार्यक्रम गरी मनाइँदैछ । माघ ५ देखि १२ गतेसम्म विभिन्न सचेतनामूलक तथा अन्य विविध कार्यक्रमहरुका साथ भन्सार दिवस मनाउने निर्णय गरिएको छ । 

    images

    भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले यसको लागि माघ ५ गते भन्सार एजेण्टसहितको मूल समारोह समिति गठन गरिने बताए । सोही दिन ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको नारा र तुल, लोगो अंकित होर्डिङ्ग बोर्ड, ब्यानर लगायत प्रचारप्रसार सामाग्रीहरु तयार गरी दिवसको व्यापक प्रचार गरिने गौतमले जानकारी दिए । 

    माघ ७ गते समकक्षी भन्सारसँग बैठक गरी व्यापार सहजीकरणको विषयमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने, ८ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम एवं राजस्व चुहावट नियन्त्रण समितिको बैठक बस्ने गौतमले जानकारी दिए । 

    माघ ९ गते ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसकै अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गर्ने र भन्सार यार्ड तथा कार्यालय परिसरको सरसफाई गर्ने कार्यक्रम रहेको छ । 

    त्यस्तै माघ १० गते निजी क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरु, सरोकारवाला निकाय, भन्सार एजेण्ट, पत्रकारसहितको सहभागीतामा बेरुजु फछर्यौंट, किटानी घोषणा, व्यापारीलाई सही सूचना दिने विषय लगायत भन्सार कानूनको परिपालना सम्बन्धमा अन्तरक्रिया कार्यक्रम, परिसम्वाद लगायतका छलफल तथा कार्यक्रम गर्ने गौतमले बताए । 

    त्यस्तै सोही दिन साँझदेखि भन्सार परिसर, यात्रु शाखा तथा डण्डा गेटमा ३ दिन सम्म दिपावली गरी दिवसलाई उत्सवको रुपमा मनाइँदैछ । 

    माघ ११ गते सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु अन्र्तगत विभिन्न कार्यक्रमहरु आयोजना हुनेछ ।

    अन्तिम दिन माघ १२ गते भैरहवा भन्सार कार्यालयमा भन्सार एजेण्ट र सरोकारवाला निकायहरुसंग समन्वय गरी स्वास्थ्य परीक्षण शिविर कार्यक्रम आयोजना गरिदै छ । त्यस्तै सोही दिन निजी क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरु, सरोकारवाला निकाय तथा भन्सार एजेण्टसहितको सहभागीतामा शुभकामना आदानप्रदान, पुरस्कार, प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरी दिवसको समापन गरिने प्रमुख भन्सार अधिकृत गौतमले बताए । 
    हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ । विश्व भन्सार संगठनको निर्णय अनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij