२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभद्वारा दुईसय विद्यार्थीहरुलाई स्वीटर वितरण

शुक्रवार , पौष २७, २०८०

भैरहवा, २७ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले दुईसय जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । बिहीबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालय, पिपरहियामा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका संस्थापक अध्यक्ष शार्दुल मयूर कसौधनले बताए ।

लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४५ औं जन्मोत्सवको अवसरमा ‘मेल्भिन जोन्स सर्भिस वीक’ अन्तर्गत स्कूल स्वीटर वितरण कार्यक्रम गरिएको लायन्स सिछनर्थनगर प्रोग्रेसिभ वर्ष २०२३/०२४ का अध्यक्ष मिलन विश्वकर्माले बताए । जाडो मौसममा विद्यार्थीहरुलाई राहत होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको अध्यक्ष विश्वकर्माले बताए । रु.१ लाख मूल्य बराबरको स्वीटर वितरण गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुले स्थापनाकालदेखि नै लायन्स सिद्धार्थनगर प्रोग्रेसिभले विभिन्न रचनात्मक कार्य गर्दै आएको बताए ।

कार्यक्रममा डिष्ट्रिक सेक्रेटरी विनोद खरेल, एरिया–५ का एरिया चिफ सतिश कुमार कौसल (दीपक), डिष्ट्रिक ग्याट कोर्डिनेटर महेश चन्द थापा, ग्याट कोर्डिनेटर अनिल प्रसाद श्रेष्ठ, एरिया-५ का एरिया को-चिफ अभिनव मयूर कसौधन लगायतले भनाइ राखेका थिए ।