सोमवार , माघ २६, २०७७
भैरहवा, २६ माघ ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकालाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई नगरपालिकाले सम्मान गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामको लागि नगरपालिकालाई स्वास्थ्य सामग्री, नगद तथा प्राविधिक सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ–संस्था उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रेग्मीले बताए ।
सोमबार लुम्बिनी साँस्कृतिक नगरपालिकाको छैठौं नगरसभामा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा समाजसेवी, राजनीतिक दल, सामाजिक संघ–संस्था पत्रकार लगायत छन् । उनीहरुलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले सम्मान–पत्रद्वारा सम्मान गरे ।
सम्मानित हुनेमा लुम्बिनी विकास कोष, नमुना एकीकृत विकास परिषद रुपन्देही (नमुना), लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध, स्वास्थ्य कार्यालय, रुपन्देही, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी शाखा, अन्तर्राष्ट्रिय बौद्ध समाज, जनता समाजवादी पार्टी नेपाल लुम्बिनी नगर समिति, सीडीएम नेपाल, मधेश मानवअधिकार गृह (माहुरी होम), सुनगाभा सामुदायिक केन्द्र, लुम्बिनी गार्डेन फाउण्डेशन, सुहारा नेपाल, ग्रीन युथ अफ लुम्बिनी, सामुदायिक रेडियो मर्चवार, जिल्ला सहकारी संस्था लिमिटेड, टु द फाउण्डेशन मलेसिया, चौतारी लघुवित्त वित्तीय संस्था लुम्बिनी, चिनिया बौद्ध विहार लुम्बिनी, सामुदायिक विपद् व्यवस्थापन राष्ट्रिय संजाल, रुपन्देही उद्योग संघ, लायन्स क्लब अफ लुम्बिनी गौतमबुद्ध, जिल्ला सहकारी संघ लिमिटेड, जेसीआई सिद्धार्थ लेडी नेपाल, इलाका प्रहरी कार्यालय लुम्बिनी, सशस्त्र प्रहरी बल लुम्बिनी, सशस्त्र प्रहरी बल बिओप बियरघाट, समाजसेवी गंगाराम कुर्मी, डिग्रीचन्द चाई, पत्रकार विन्दु कुमार चौहान, विरेन्द्र मिश्रा, हृदयराम गुप्ता, अनिल तिवारी, मुकेश चौधरी लगायत रहेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij