२०८२, चैत्र १२ गते

Mar 26 2026 | २०८२, चैत्र १२ गते

वृहत पोषण लक्षित कार्यक्रमको प्रशिक्षक प्रशिक्षण तालिम सुरु 

सोमवार , माघ २६, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • बुटवल, २६ माघ ।
    स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना, यु.एस.आई.डी र सुआहाराको आर्थिक संहयोगमा एकहप्ते वृहत पोषण लक्षित तालिम बुटवलमा सुरु भएको छ ।   लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य  निर्देशनालयका निर्देशक डा. विनोद गिरीले वृहत पोषण लक्षित कार्यक्रमको बारेमा प्रकाश पादै विभिन्न पालिकाहरुबाट तालिम सिकेका स्वास्थ्यकर्मीहरुलाई पोषण सम्बन्धी समाजमा अझ बढी सचेतना फैलाउन आग्रह गरे । उनले  समाजमा  पोषणको बारेमा धेरै जानकारी नहुँदा यसको महत्व बुझन नसकेको हुँदा यस प्रकारको  प्रशिक्षक, प्रशिक्षण तालिमले बढी  टेवा पुग्ने  विश्वास व्यक्त गरे । 

    वृहत पोषण लक्षित कार्यक्रममा रुपन्देही जिल्लाका १६ पालिकाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । एकहप्ते वृहत पोषण लक्षित  कार्यक्रममा राष्ट्रिय पोषण,  नीति तथा रणनीति, राष्ट्रिय पोषण कार्यक्रम,  बहु क्षेत्रीय पोषण योजना, पोषिलो खाजा, पोषणको महत्व र आवश्यकता सम्बन्धी प्रशिक्षक, प्रशिक्षण तालिम दिइनेछ ।  

     कार्यक्रममा पोषण फोकल पर्सन टिकाराम अधिकारी, युनिसेफका पोषण अधिकृत मीना थापा, सुआहाराका  प्राविधिक रक्षा  गिरी  लगायतले प्रशिक्षक प्रशिक्षण दिनेछन् । आइतबारदेखि सुरु भएको तालिमको समापन फागुन १ गते हुने सुआहारा परियोजनाका लुम्विनी प्रदेश संयोजक  भरत शर्माले जानकारी दिए ।