२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

भारतको उत्तराखण्डमा हिमपहिरो, ८ जनाको शव फेला

सोमवार , माघ २६, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • काठमाडौं। २६ माघ। भारतको उत्तराखण्डमा हिमपहिरो सहितको पहाड नै नदीमा खसेपछि आएको बाढीले बाँध भत्किदा सयौं मानिस बेपत्ता छन् भने कयौंको मृत्यु भएको आशंका गरिएको छ।

    उत्तराखण्डस्थित सो बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको हो। अधिकारीहरूका अनुसार १ सय २५ जनाभन्दा बढी स्थानीयहरू हराएको आशंका गरिएको छ। हिमबाढीको भेल तीव्र गतिमा बस्तीहरुमा पसेपछि धेरै नोक्सानी पु¥याएको छ। चमोली जिल्लाको धौलीगंगा नदीमा आएको बाढीले बाँध भत्काएको हो। 

    बेपत्तामध्ये अधिकांश सो स्थानमा रहेको जलविद्युत् आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ। बाढी तीब्र गतिमा अनायासै आएकाले कसैलाई सचेत गराउन नभ्याएको स्थानीयले बताएका छन्।

    हालसम्म ८ जनाको शव फेला परेको छ। ऋषिगंगा जलविद्युत परियोजनाको सुरुङभित्र काम गरिहरेका ५० जना मजदुरको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। सुरुङमा फसेका १६ जनासहित अन्य थुप्रैलाई उद्दार गरिएको छ।