२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

भैरहवा वितरक संघमा नयाँ नेतृत्व, अध्यक्षमा कसौधन

आइतवार , पौष २२, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २२ पुस ।
    भैरहवा वितरक संघ, रुपन्देहीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न अधिवेशनले अभिनव मयूर कसौधनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा विजय कोइरी, महासचिवमा धर्मेन्द्र श्रैष्ठ, कोषाध्यक्षमा मनिष अग्रवाल र सचिवमा महेन्द्र गुप्ता निर्वाचित भएका छन् ।

    त्यस्तै संघको सदस्यमा अर्जुन न्यौपाने, हेमराज भुसाल, विरु गुप्ता, सञ्जय केसरी, प्रकाश अधिकारी र चन्द्रप्रकाश मार्य रहेका छन् ।

    साधारणसभा तथा अधिवेशनको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले समग्र विकासका लागि संघीयता आवश्यक रहेको बताए । उनले भने, ‘जुन देशमा नेता र कर्मचारी आर्थिक रुपमा सम्पन्न हुने मान्यता राख्छन्, त्यो देश आर्थिक रुपमा सम्पन्न हुन

    सक्दैन ।’
    भैरहवा वितरक संघ, रुपन्देहीका अध्यक्ष राजकुमार जोशीको अध्यक्षता, मन्त्री पाण्डेयको प्रमुख आतिथ्यता, संघका सचिव धर्मेन्द्र श्रेष्ठको स्वागत तथा उपाध्यक्ष अभिनव मयूर कसौधनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।