२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

स्थापना दिवसमा एफइसी सहकारीद्वारा सडक सरसफाई

शुक्रवार , पौष २०, २०८०

बुटवल, २० पुस ।
एफईसी धनकोष बचत तथा ऋण सहकारी संस्था सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा सडक सरसफाई गरेको छ । संस्थाको २९ औं स्थापना दिवसको अवसरमा विविध सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत शुक्रबार तिलोत्तमा नगरपालिकाको मंगलापुर चोकमा सरसफाई कार्यक्रम गरेको संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए । 

सरसफाई कार्यक्रममा सहकारीका अध्यक्ष तारानाथ कंडेलसहित पदाधिकारी तथा सदस्यहरुका साथै कर्मचारीहरु समेत सहभागी थिए ।

सहकारीले स्थापना दिवसकै अवसरमा शनिबार रक्तदान कार्यक्रम समेत आयोजना गर्दैछ । संस्थाले विगतका वर्षहरुदेखि नै रक्तदान कार्यक्रम गर्दै आएको छ ।