२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

लायन्स सिद्धार्थनगर युथद्वारा पाँचजना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

मंगलवार , पौष १७, २०८०

भैरहवा, १७ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथले पाँचजना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरको छ । क्लबले बाग्लुङको जैमिनी नगरपालिका–५ स्थित श्री सर्वोदय जनक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । 

विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि विद्यालयको खातामा जम्मा हुने गरी रु. ५१ हजार प्रदान गरिएको क्लबका अध्यक्ष सन्दिप नाथ गोंगलले बताए ।

पाँचजना विद्यार्थीहरुलाई शैक्षिक सामग्री विद्यालयले सोही रकमबाट दिने गरी रकम प्रदान गरिएको कार्यक्रम संयोजक सचिन्द्र तुलाधरले जानकारी दिए । कक्षा १०, ८, ५ र ४ मा अध्ययनरत पाँचजनाले छात्रवृत्तिवापत प्रदान गरिएको रकमबाट शैक्षिक सामग्री पाउने क्लबका सचिव हरि आचार्यले बताए । ‘विद्यार्थी पढाईमा अब्बल हुँदाहुँदै पढाईबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण कार्यक्रम गरेका हौं, यो कार्यक्रमले कुनै पनि संस्था एकै ठाउँमा मात्र सीमित हुनुपर्दैन भन्ने सन्देश दिन्छ, ‘उनले भने ।

श्री सर्वोदय जनक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र बहादुर के.सी.को अध्यक्षता, जैमिनी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष ठग  बहादुर क्षेत्री थापाको प्रमुख आतिथ्यता, लायन्स सिद्धार्थनगर युथका सचिव हरि आचार्यको विशिष्ट आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक भवानी आचार्यको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयका शिक्षक टेक बहादुर थापाको स्वागत तथा शिक्षक इन्द्र बहादुर घर्तीको सञ्चालनमा भएको कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।