
आइतवार , माघ २५, २०७७
भैरहवा, २५ माघ ।
सामाजिक क्षेत्रमा क्रियाशिल लियो क्लब अफ सिद्धार्थनगर युथले निःशुल्क दन्त शिविर आयोजना गरेको छ । हाम्रो डेण्टल क्लिनिक र लाइफलाइन फार्मेसी भैरहवाको सहयोगमा क्लबले रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित जनचेतना नि.मा.वि.मा शिविरको आयोजना गरेको हो ।
ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको लियो क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२०/२१ का अध्यक्ष विकास यादवले बताए ।
शिविरमा ३८६ जनाको दन्त परीक्षण भएको कार्यक्रम संयोजक फुलचन्द्र लोधले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सांसद कल्पना पाण्डेले उद्घाटन गरेकी थिइन् । लियो क्लब डिष्ट्रिक इन्टरनेशनल ३२५ बी २ नेपालका डिष्ट्रिक प्रेसिडेण्ट कुबेर पाठकको विशिष्ट आतिथ्यता, मायादेवी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष चोक बहादुर थापा, मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियार, लियो क्लब अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका सचिव राजन शुक्लाको आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष सुनिल धवल, द्वितीय उपाध्यक्ष अनुराग पाण्डे, कोषाध्यक्ष कृपा श्रेष्ठ, सदस्य बिनित सिंह, सेजल मल्लिक, सेलिना गर्ग, हिना तिवारी, केशव राज पाल, मंयक गुप्ता, दिनेश चौधरी, प्रिन्स वर्मा लगायतको उपस्थिति रहेको थियो ।
क्लबका सचिव शिव कुमार मौर्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । डा. रन्धिर यादव, डा. अमित झा, डा. आशुतोष शुक्ला, विशाल यादव, रमा अधिकारी, हरिशचन्द्र यादवको टोली स्थानीयको स्वास्थ्य परीक्षणमा खटिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij