
शनिवार , पौष १४, २०८०
बुटवल, १४ पुस ।
लायन्स क्ल्ब अफ बुटवल स्टार्सले अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ चिदिकास्थित श्री स्थानीय आधारभूत विद्यालयमा विद्यार्थी पोशाक वितरण गरेको छ । क्लबका सदस्य कमलेश कसौधनको समेत सहयोगमा विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।
विद्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजित कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल सिनियर डिष्ट्रिक एड्भाईजर आशिषकृष्ण श्रेष्ठ, लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्जु रेग्मी र प्रधानाध्यापक कृष्ण राज पन्थीको उपस्थितिमा विद्यार्थीलाई पोशाक प्रदान गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थानपन समितिका सदस्य प्रकाश राज पन्थी, भरत गिरी, लायन्स क्लबका कमलेश कसौधन, गोकुल तिवारी, जीवन कंडेल, लगायतको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij