
शनिवार , माघ २४, २०७७
बुटवल, २४ माघ ।
सूचना प्रविधिको विकास एवं प्रर्वद्धनका लागी स्थापना भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा रुपन्देही (क्यान) को १९ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । क्यानले स्थापना कालदेखि निरन्तर रुपमा आफ्नो कार्यलाई अघि बढाउँदै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिको जानकारी गराउने कार्य गर्दैं आइरहेको छ ।
कार्यक्रममा बोल्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ केन्द्रीय उपाध्यक्ष रेशम गिरीले लुम्बिनी प्रदेशलाई सूचना प्रविधि क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य अनुरुप बढन सुझाब दिए । केन्द्रीय सदस्य नारायण श्रेष्ठले प्रविधि क्षेत्रको विकासमा नयाँपन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा क्यान जिल्ला शाखा पूर्व अध्यक्ष लोकरी पाण्डे लगायतले बोलेका थिए ।
कार्यक्रममा क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले वार्षिक प्रतिवेदन र भावी योजना प्रस्तुत गर्दै रुपन्देहीका सबै स्थानीय तहसंग मिलेर डिजिटल रुपन्देहीको अवधारणा ल्याउन तथा सूचना तथा संचार प्रविधिको विकासमा क्यानको महत्वूर्ण भूमिकालाई अझ सक्रिय बनाउने बताए ।
त्यस्तै अधिवेशनमा सचिव जीवन अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुभास घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij