२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

पिपरहवामा स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम

शनिवार , माघ २४, २०७७

बुटवल, २४ माघ ।
रुपन्देहीको पिपरहवामा शनिबार स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम गरिएको छ । युनिभर्सल फार्मा सोसाईटी अफ नेपाल, रोहिणी गाउँपालिका र रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको प्राविधिक सहयोगमा पिपरहवा माविमा निशुल्क शिविर गरिएको हो । 

शिविरको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले उद्घाटन गर्दै रोहिणीको विकासमा आफू लागेको बताए । गाउँपालिकाको सहकार्यमा यसअघि समेत मेडिकल कलेजबाट जटिल खालका उपचार निःशुल्क गरिएको स्मरण गर्दै निरन्तर सहकार्य अघि बढाउने बताए । स्वास्थ्य शिविर आयोजनामा सहयोग गर्ने सबै संघ–संस्थाहरुप्रति उनले आभार व्यक्त गरे । 
क्लबका अध्यक्ष गोपाल ज्ञवालीले नियमित वार्षिक कार्यक्रम अन्तरगत शिविर गरिएको बताए । रोटरी इन्टरनेश्नलको लक्ष्य अनुसार ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवासंगै सन्देशमुलक कार्यक्रमबाट ठूलो समूह लाभान्वित भएको उनले दावी गरे । 

कार्यक्रममा रोटरीका एजी खिमानन्द भुषाल, गाउँपालिकाका प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा नम्बर ६ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्री, युसीएमएसका सौरभ शर्मा, प्रशासन संयोजक तेज कुमार के.सी., पिपरहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र यादवले शिक्षा स्वस्थ्य दिनेतर्फ सरकार लाग्नुपर्ने बताए । 

उपसनका अध्यक्ष खगेन्द्र ऐरीले स्वस्थ सम्बन्धि सामाजिक काममा सामाजिक संघ–संस्थाहरुको सहयोगमा कार्यक्रम गर्दै आएको बताए । शिविरमा जनरल फिजिसियन, नशा तथा हार्डजोर्नी, बालरोग, महिला तथा प्रसुति सम्बन्धि विशेषज्ञ चिकित्सकहरुबाट परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको थियो । 

शिविरका विरामीहरुको थप उपचार गर्नुपर्ने अस्पतालमा नै थप सेवा दिनेछ । शिविरमा कलेजका ४ जना विशेषज्ञ चिकित्सकसहित कलेजमा चिकित्साअध्ययरत विद्यार्थीहरुबाट प्राविधिक सहयोग गरेका थिए । शिविरमा ५ सय बढी विरामीहरुले सेवा लिने लक्ष्य रहेको संयोजक देवीलाल भट्टराईले बताए । शिविरमा आउने सबैलाई मास्क र सेनिटाइजर वितरण गरिएको थियो । 

ईन्टम चिकित्सकहरुले महिनावारी स्वस्थ्य सम्बन्धि चेतनामुलक नाटक देखाएका थिए । महिनावारीको समयमा गर्नुपर्ने सरसफाई, स्वास्थ्य सुरक्षाबारे सन्देशमुलक नाटक देखाएका थिए । 147103311_736140950350894_3226730317649408295_n.jpg

शिविरलाई बायोग्यान, युनिभर्सल, सिद्धार्थ, क्वेस्ट ग्रेस, एप्पल, एशियन फार्माच्युटिकल्स लगायत औषधी उत्पादक संघ–संस्थाहरुले औषधी सहयोग गरेको उपसनका सचिव जुना शर्माले बताइन् ।