२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा पाण्डे निर्वाचित

मंगलवार , पौष ३, २०८०

  • 859
    Shares
  • 859
    Shares
  • बुटवल, ३ पुस । 
    उद्योग व्यापार संघ, बुटवलको अध्यक्षमा विष्णुप्रसाद पाण्डे निर्वाचित भएका छन् । संघको बुटवलमा सम्पन्न पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाण्डेको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

    संघको वरिष्ठ उपाध्यक्षमा लोकनाथ पन्थी, उद्योग उपाध्यक्षमा पदम जि.सी., वाणिज्य उपाध्यक्षमा केशव श्रीस, महिला उपाध्यक्षमा अन्जु पाण्डे, महासचिवमा यमलाल मरासिनी, सचिवमा कोशलराज भण्डारी, कोषाध्यक्षमा नम्रता थापा र सह–कोषाध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका निर्वाचन समिति संयोजक दामोदर घिमिरेले बताए ।

    त्यस्तै कार्यसमिति सदस्यहरुमा न्याजुद्दीन मियाँ, विनोद खाती, देवेन्द्र राना, विष्णु मरासिनी, दिपिका क्षेत्री, विशाल पन्थी, विनोद आचार्य, सौरभ भुसाल, दिल प्रसाद शर्मा, प्रशान्त बञ्जाडे, विजय आचार्य, जिब बहादुर बुढाथोकी, जनेस पन्थी, बसन्ता खनाल र नारायण प्रसाद पाण्डे निर्वाचित भएको निर्वाचन प्रमुख घिमिरेले जानकारी दिए । 
    निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन प्रमुख घिमिरेले संघका निवर्तमान अध्यक्ष गोबिन्दराज गैरे, नेपाल उद्योग व्यापार महासंघका वाणिज्य उपाध्यक्ष बाबुराम पोखरेल, महासचिव खिमनारायण पराजुलीको उपस्थितिमा पद तथा गोपनियताको सपथ गराएका छन्  । 

    नवनिर्वाचित अध्यक्ष पाण्डेले उद्योगी–व्यवसायीका समस्या समाधानमा पहलसँगै नयाँ सदस्य विस्तार, संघको सचिवालय भवन निर्माण र २०८२ मा बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलमा औद्योगिक व्यापार मेला सञ्चालन आफ्नो मुख्य कार्यभार रहेको बताए । सचिवालय भवन निर्माणको संयोजक निवर्तमान अध्यक्ष गोविन्दराज गैरे रहेका छन् । उनले करिब २ करोड लागतमा २ वर्षभित्र दुईतले सुविधासम्पन्न सचिवालय भवन तयार गर्ने लक्ष्य रहेको र यसमा सबैको साथको अपेक्षा गरिएको बताए ।