२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

शुक्रवार , मंसिर २९, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, २९ मंसिर । 
    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको हो ।

    इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    अब नयाँ मूल्यअनुसार पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १६४.५०, दोस्रो १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५४.५०, दोस्रो वर्गमा १५६ र तेस्रो वर्गमा १५७ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ ।