२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

३०० रुपैयाँले घट्यो सुनको मूल्य

बुधवार , मंसिर २७, २०८०

काठमाडौ, २७ मंसिर । नेपाली बजारमा बुधबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ ।

बुधबार ३०० रुपैयाँले घटेर छापावाल सुन तोलामा १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावालाा सुन तोलामा १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर १ एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।