images

बिहिवार, बैशाख २० गते २०८१

पुष्प बहुउद्देश्यीय सहकारीको २४ औं साधारणसभा सम्पन्न

पुष्प बहुउद्देश्यीय सहकारीको २४ औं साधारणसभा सम्पन्न

images
images
images
सोमवार, मंसिर २५ २०८०
सोमवार, मंसिर २५ २०८०
  • पुष्प बहुउद्देश्यीय सहकारीको २४ औं साधारणसभा सम्पन्न

    रुपन्देही, २५ मंसिर ।
    श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल–७ दिपनगर, रुपन्देहीको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद् एवं वरिष्ठ समाजसेवी देवेन्द्र घिमिरेले सहकारीप्रतिको विश्वास पछिल्ला दिनमा घट्दै गइरहेको बखत पुष्प सहकारी रुपन्देहीको नमूनायोग्य शकारीको रुपमा नाम कमाउन सफल भएको बताए । सहकारीको भिड बढ्दो क्रम रहेको र जोखिम पनि बढेको भन्दै लगानी र आबद्धता हुन अगाडी सहकारीलाई राम्रोसँग चिनेर मात्र अगाडी बढ्न आवश्यक रहेकोमा जोड दिए ।

    images
    images
    images

    कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सहकारी बैंक बुटवलका प्रमुख नारायण बेल्बासेले सहकारीमा जोडिन भन्दा अघि सहकारीको सम्पूर्ण पक्ष बुझेर मात्र जोडिन आग्रह गरे । उनले समुदायकै लगानीमा सञ्चालित सहकारी जोखिममा नरहेको बताए । 

    सहकारीका अध्यक्ष रामप्रसाद पाण्डेले सहकारी र यसका शेयर सदस्यहरुलाई एकै ठाउँमा भेला गरी सदस्यहरुबीच छलफल, विमर्श र परामर्श गर्न साधारणसभा गरिएको बताए । पछिल्ला दिनमा सहकारीमा बढ्दो विकृति र विसंगतिले शेयर सदस्यमा निराशा छाएको बखत पुष्प सहकारीमा जोडिएका सदस्यलाई विश्वास बढाउन पनि आवश्यक रहेको बताए । साथै अध्यक्ष पाण्डेले पुष्प स्थानीयस्तरकै शेयर सदस्यहरुको लगानी र संरक्षणमा चलेको भन्दै नआत्तिन र नडराउन पनि सुझाव दिए ।

    सहकारीकी सचिव कल्पना थापाले कार्यक्रमको सहजीकरण एवं सञ्चालन गर्दै सहकारी बचत र ऋणको कारोबार गर्ने स्थल नभएर समाजको आर्थिक केन्द्रको रुपमा विकास हुँदै गएको बताइन् । उनले सहकारीलाई हरेक पाइलामा सुझाव दिएर अगाडी बढेको अवस्थामा अझ राम्रो हुने बताए ।

    कार्यक्रममा सहकारी अध्यक्ष रामप्रसाद पाण्डेले सहकारीको प्रगति समेटिएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष चुरामणी पौडेलले संस्थाको आय–व्ययको गतिविधि समेटिएको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक गुरुदत्त पौडेलले सहकारीको वार्षिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    कार्यक्रममा डोलराज पाण्डे, कृष्ण प्रसाद भट्टराई, उमाकान्त बस्याल, अनन्तराज सिलवाल, युवराज अंगाई लगायतले पुष्प सहकारीको आगामी भविष्य उज्जवल होस् भन्दै शुभकामना दिए ।

    कार्यक्रममा असल कारोबारी प्रेमा भण्डारी, राजेन्द्र बहादुर आले, उत्कृष्ट विद्यार्थी श्रुति थापा तथा उत्कृष्ट शेयर सदस्य सिजन पन्थ र बरुण रानालाई सम्मान गरिएको थियो । त्यसै गरी सहकारीको साधारणसभाको अवसरमा रक्तदान गरेका रक्तदाताहरुलाई सम्मान गरिएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij