२०८२, फाल्गुण १९ गते

Mar 03 2026 | २०८२, फाल्गुण १९ गते

सेयर बजारमा उछाल, २ पटक लाग्यो सकारात्मक सर्किट

आइतवार , मंसिर २४, २०८०

  • 883
    Shares
  • 883
    Shares
  • काठमाडौं, २४ मंसिर । सेयर बजारमा उछाल आएको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार बजारमा दुईपटक सकारात्मक सर्किट लागेको छ । 

    बजार खुलेको ५ मिनेटमै सकारात्मक सर्किट लागेको बजार पुनः खुलेलगत्तै फेरि सकारात्मक सर्किट लागेको हो । 

    पहिलो सर्किट ब्रेकपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लागेको हो।

    बजार खुलेको पहिलो ५ मिनेटमा नै ४ प्रतिशतले बढेर सर्किट लागेपछि बजार २० मिनेटको लागि बन्द भएको थियो भने दोस्रो पटक खुलेको बजारमा पनि २ मिनेट मात्रै कारोबार भएर सर्किट लागेको छ । 
    अब १२ बजेर ७ मिनेट २९ सेकेन्डमा मात्र सेयर कारोबार खुल्ने छ।