२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

स्थापना दिवसमा लुम्बिनी सहकारीद्वारा विद्यालयलाई सहयोग

बिहिवार , मंसिर २१, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, २१ मंसिर ।
    लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर, रुपन्देहीले श्री भानु माध्यमिक विद्यालयलाई स्टिलको सोफा हस्तान्तरण गरेको छ । संस्थाको २९ औं स्थापना दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित विद्यालयलाई एक कार्यक्रमकाबीच स्टिलको सोफा उपलब्ध गराएको हो ।

    कार्यक्रममा बोल्दै बोल्दै संस्थाका अध्यक्ष इन्द्र बहादुर थापाले सहकारीहरूले आर्थिक कारोबार मात्र नगरी सामाजिक क्षेत्रमा समेत परोपकारका कामहरुलाई निरन्तरता दिनुपर्ने बताए । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानले सहकारीले विद्यालयलाई गरेको सहयोग सराहनीय रहेको भन्दै धन्यवाद दिए ।

    कार्यक्रममा विद्यालयकी सहायक प्रधानाध्यापक पवित्रा कोइराला, सहकारीकी उपाध्यक्ष राधादेवी थापा लगायतले भनाइ राखेका थिए ।