
आइतवार , मंसिर १७, २०८०
बुटवल, १७ मंसिर ।
राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । आइतबार रक्त संचार सेवा केन्द्र बुटवलमा भएको रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक नरमाया श्रीसले जनाकारी दिइन् ।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य दीपक शर्मा पौडेलले सहकारीले सामाजिक सेवा भावले स्थापना दिवसमा रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम गरेको भन्दै अन्य संघ संस्थाहरूले पनि अनुसरण गर्नुपर्ने बताए । उनले कर्मचारीहरू कार्यक्षेत्रको सेवासँगै अन्य सामाजिक क्षेत्रमा समेत सक्रिय हुने गरेको यस प्रकारका कार्यक्रमले पुष्टी गर्ने बताए ।
सहकारीका अध्यक्ष शालिकराम पाण्डेयले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पर्दै सहकारीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी काम गर्दै आएको बताए । उनले यस क्षेत्रमा रगतको अभाव नहोस् भनेर स्थापना दिवसको अवसरमा रक्तदाना गरेको समेत बताए ।
राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाका सचिव राम प्रसाद शर्माको सञ्चालन, रक्तदान कार्यक्रम उपसमिति सदस्य थानेश्वर बस्यालको स्वागतमा भएको रक्तदानमा सहकारी सदस्यहरू, राष्ट्रसेवक कर्मचारी तथा रक्तदाताहरूको सहभागी रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij