२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लायन्स बुटवल स्टार्सद्वारा सहयोग

शनिवार , मंसिर ९, २०८०

  • 979
    Shares
  • 979
    Shares
  • बुटवल, ९ मंसिर ।
    सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लल अफ बुटवल स्टार्सले ह्वील चेयर वितरण गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालिका गणेशनगर गाईघाटमा ह्वीलचेयर प्रदान गरेको हो । विगत लामो समयदेखि बिरामी रहेका गणेशनगर निवासी गंगा खत्री क्षेत्रीलाई ह्वीलचेयर प्रदान गरेको हो ।

    लायन्स इन्टरनेशनल ३२५ पी नेपाल का एलसीआइ एफ कोडिनेट तथा क्लबका संथापक अध्यक्ष एमजेएफ संदिप कसौधन, लायन्स स्टार्सका अध्यक्ष रिंकु लिगलले बिरामी गंगा खत्री क्षेत्रीलाई ह्वील चेयर र औषधि सामग्री हस्तनरण गरेका थिए ।

    कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष कसौधनले कम आयस्रोत भएका विपन्न बर्गलाई सहयोग गर्दा मन जित्ने गरी गर्नुपर्ने बताए । 
    कार्यक्रममा हामी सेवा गर्छौैं भन्ने मूल नारालाई आत्मसाथ गर्दै लायन्स स्टार्सले प्रत्येक हप्ता १ दिन समाजसेवा गर्ने नारा बोकेर अगाडि बढेको अध्यक्ष लिगलले बताएका थिए ।  

    कार्यक्रममा लायन्स क्लब अफ तिलोत्तमा स्टार्सका अध्यक्ष लक्ष्मी थापा, लायन्स बुटवल स्टार्सका पूर्वअध्यक्ष अन्जिल मिया, तृतीय उपाध्यक्ष डीएस भट्टराई, सचिव किरण कुमार कसी, पीआरओ अब्दुल सलामत, संथापक सदस्य तथा बरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. अन्जनी बर्नवाल, संस्थापक सदस्य तथा कार्यक्रम संयोजक कमलेश कुमार कसौधन लगायतले बोलेका थिए । त्यसै गरी बुटवल बसपार्कमा विपन्न समुदायको लािग भोजन समेत प्रदान गरेको थियो ।