
बिहिवार , मंसिर ७, २०८०
भैरहवा, ७ मंसिर ।
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा बुधबारदेखि भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० सुरु भएको छ । महोत्सव सुरु हुनु अघि औद्योगिक जनचेतना र्याली निकालिएको थियो । उक्त र्यालीमा श्री बेलहिया माध्यमिक विद्यालय सिद्धार्थनगर–१, रुपन्देही प्रथम भएको छ ।
र्यालीमा रुपन्देही लीलाराम न्यौपाने मावि सिद्धार्थनगर–८ द्वितीय, तमु ह्युला छोंज धिं गुरुङ्ग राष्ट्रिय परिषद इकाई समिति अञ्चलपुर सिद्धार्थनगर–८ तृतीय र मुनलाइट सेकेण्डरी बोर्डिङ स्कूल सान्त्वना भएको यालीका अनुगमन तथा मूल्यांकन समिति संयोजक तथा संगठनका सल्लाहकार खिम बहादुर खत्रीले बताए । उत्कृष्ट छनौटमा परेका संघ–संस्थालाई महोत्सवमा समापनका दिन मंसिर १८ गते पुरस्कार प्रदान गरिने खत्रीले जानकारी दिए ।
भैरहवाको देवकोटा चोकबाट सुरु भएको र्याली बैंकरोड, मिलनचोक, नारायणपथ, बुद्धचोक हुँदै सिद्धार्थनगर–८ अञ्चलपुरस्थित मेलास्थलमा पुगेर समापन भएको महोत्सवका औद्योगिक जनचेतना र्याली व्यवस्थापन उपसमिति संयोजक तथा संगठनका सल्लाहकार टिकाराम भट्टराईले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij