images

बिहिवार, बैशाख २० गते २०८१

किसान राहत र सेवासुविधाबाट वञ्चित भएको गुनासो

किसान राहत र सेवासुविधाबाट वञ्चित भएको गुनासो

images
images
images
बुधवार, मंसिर ६ २०८०
बुधवार, मंसिर ६ २०८०
  • किसान राहत र सेवासुविधाबाट वञ्चित भएको गुनासो

    तिलोत्तमा, ६ मंसिर । 
    कृषिमा सम्भावना भए पनि किसानमैत्री कृषि नीति नहुँदा कृषि क्षेत्र फस्टाउन नसकेको सरोकारवालाले बताएका छन् । कृषिबाट देशलाई आत्मनिर्भर बनाउन लक्षित वर्गलाई सम्बोधन गर्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने किसानहरुको माग छ ।

    images
    images
    images

    तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीको तिलोत्तमा–५ स्थित मणिग्राममा सञ्चालन गरेको व्यापार मेला सचिवालयमा बुधबार कृषि क्षेत्रको सम्भावना र समस्या विषयक गोष्ठीमा बोल्ने सहभागीले कृषिमा बिचौलियाहरु हाबी भएको बताए । कृषिबाटै जीविका निर्वाह गर्दै आएका र कृषि सामग्री उत्पादन गर्ने साना किसानहरु सरकारले दिने राहत र सेवा सुविधाबाट वञ्चित रहेको उनीहरुले बताए ।

    समयमा बिउ, मल, सिंचाई र बजारीकरणको उचित व्यवस्था गरी खुल्ला सीमा नाकाबाट आउने भारतीय कृषि उत्पादनको आयात रोक्नुपर्ने उनीहरुले बताए । कृषिका लागि समग्र रुपन्देही र अझ बढी तिलोत्तमा सम्भावित क्षेत्र भएकाले माटो परीक्षणको सुविधा उपलब्ध गराइ रासायनिक मल प्रयोग नगर्ने वातावरण मिलाइ दिन तीनै तहका सरकारसँग उनीहरुले माग गरेका छन् ।

    सोही कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि ज्ञान केन्द्र रुपन्देहीका बाली संरक्षण अधिकृत राजेन्द्र यादवले किासनका लागि कृषि कार्यक्रम भए पनि कार्यविधि नभएकाले काम गर्न समस्या भएको बताए । वास्तविक किसानहरुले अनुदान पाउन नसकेको बताउँदै उनले टाठाबाठाले मात्रै अनुदान पाउँदा वास्तविक किसानहरु अन्यायमा परेको बताए ।

    कृषिमा सम्भावना प्रसस्तै भएको उल्लेख गर्दै उनले लामो समयसम्म रासायनिक मलको प्रयोगले माटो बिग्रिएकाले उत्पादनमा ह्रास हुंदै गएको बताउँदै उनले भने,‘ माटो परीक्षण गरेर खेती गर्नुपर्छ ।’उनले युवा शक्ति विदेश पलायन, जग्गा खण्डीकरण, जलवायु परिवर्तन,  सिंचाई, मल, बिउ, बजारीकरणको अभावका साथै रासायनिक मलको बढी प्रयोगका कारण माटो बिग्रिएकाले कृषि उत्पादनमा समस्या रहेको बताए ।

    तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसालले कृषि उत्पादन बढाउने गरी किसानका लागि कृषि कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गरिएको दावी गरे ।

    कृषि सञ्जाल तिलोत्तमाका अध्यक्ष कृष्ण पन्थीले कृषि उत्पादनको जिम्मा सरकारले लिनुपर्ने बताउँदै कृषिमा अनुदान नचाहिने बताए । 

    तिलोत्तमा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष एवं गोष्ठी सेमिनार समितिका  संयोजक सुरज पंगेनीले कृषि क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोजी गर्ने उद्देश्यले संघले मेलामा यस्ता खालका कार्यक्रम गरिएको बताए ।

    कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका महासचिव राजकुमार पाण्डेय, कार्य समिति सदस्य बिना न्यौपाने, किसान यज्ञमूर्ति खनाल, अमृत श्रेष्ठलगायतले किसानका समस्या र सरोकारवाला निकायले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा धारणा राखेका थिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij