मंगलवार, मंसिर १९ गते २०८०

दुःख पर्दा नबोल्ने सरकार आवश्यक छैन : डा. चन्द्र भण्डारी 

दुःख पर्दा नबोल्ने सरकार आवश्यक छैन : डा. चन्द्र भण्डारी 

images
images

खबर पात्रो

१, मंसिर २०८०
  • 307
    SHARES
  • दुःख पर्दा नबोल्ने सरकार आवश्यक छैन : डा. चन्द्र भण्डारी 

    तिलोत्तमा, १ मंसिर । 
    तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा तिलोत्तमाको मणिग्राममा शुक्रबार (आज) देखि तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव–२०८०’ सुरु भएको छ ।

    ‘सबल अर्थतन्त्रको आधार, कृषि, एवं पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ मंसिर १२ गतेसम्म सञ्चालन हुने मेलाको प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले उद्घाटन गरे ।

    images
    images

    महोत्सवको उद्घाटन गर्दै सांसद् भण्डारीले निकै दुःख र परिश्रमले ल्याएको संविधान कार्यान्वयन गर्न नसकेको बताए । उनले जनताको पहुँच सरकार पुर्याउन बनाएको संयन्त्रले धान्न सक्छ वा सक्दैन त्यसमा ध्यान पुर्याउन नसक्दा संविधान कार्यान्वयनमा समस्या आइरहेको बताए । उनले राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताउँदै अहिलेको अवस्थाले कर्मचारीतन्त्र, सुरक्षा निकाय, तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसक्ने अवस्था रहेको उल्लेख गरे । 

    उनले देशको यही अवस्थाका कारणले नेपाली विदेशिने क्रम बढेको बताउँदै यसलाई रोक्न आवश्यक रहेकोमा जोड दिए । उनले नेपालमा कर्मचारीतन्त्र तथा हरेक क्षेत्रमा  प्रफम बढाउँदै, रिफर्म तथा ट्रन्सफर्म आवश्यक रहेकोमा जोड दिए ।

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका भण्डारीले सरकार जनतालाई दुःख पर्दा बोल्नुपर्ने बताउँदै दुःख पर्दा नबोल्ने सरकार आवश्यक नरहेको बताए । उनले आफूले सदन तथा सडकबाट उठाएको कुरा ८ देखि १६ प्रतिशत बैंक ब्याज बढाउने काम गलत भएको बताउदै बैंकले लिलामी गर्ने प्रयास गरेमा हामी त्यसको बिरोधमा उधिने प्रतिवद्धता ब्यक्त गरे ।
    उनले देश लुट्ने थलो बनेको आरोप लगाउँदै प्रत्येक वर्ष प्रधानमन्त्री थप्ने काम मात्रै भएको बताए । उनले नेपालका नेता खराब नभए पनि नेताका वरिपरि कस्ता मान्छे छन भन्ने कुरा महत्वपूर्ण हुने भएकोले त्यसतर्फ ध्यान दिन जरुरी रहेको महसुस गरेको बताए । 

    भण्डारीले नेपालमा किसानहरुले फूल लगाउने समयमा लगाए पनि बेच्ने बेलामा बाहिरबाट आएको फूलले बजार खाँदा नेपाली उत्पादनले बजार नपाएर फूल फाल्नुपर्ने अवस्था आएको बताए । उनले यसको बारेमा सरकार सचेत हुन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराए । रुपन्देही सबैभन्दा बसाइसराई भएर आएको ठाउँ भएको बताउदै सबैलाई व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएकोले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए । 

    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले आर्थिक क्षेत्रमामा देखिएको मन्दी हटाउनलाई मेला महोत्सवले सहयोग पूग्ने बताए । पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका उनले नेपालका दक्ष जनशक्ति विदेश गइरहनु निकै दुःखद भएको बताउँदै यसलाई रोक्नुपर्ने बताए ।

    कार्यक्रममा मेलास्थल जग्गाधनी मुक्ति पाठकले मेलाले तिलोत्तमा क्षेत्रका व्यवसायीलाई आर्थिक चलायमान बनाउन सहयोगी बन्ने बताए । 

    जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईले युवालाई स्वदेशमा नै रोक्न आवश्यक रहेकोमा जोड दिए । उनले यसमा सबैले ध्यान पुर्याउन आवश्यक रहेको बताए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आर्थिक मन्दीको यस समयमा मेला आयोजना हुनु सकारात्मक रहेको बताए । उनले मेलाको सफलताको लागि शुभकामना व्यक्त गरे ।

    कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले महोत्सव सफल बनाउन आग्रह गरे । उनले सामान्य मेला जस्तो देखिए पनि यो मेलाको  निकै महत्व रहेको बताउदै मेलाले रोजगार सिर्जना गर्दै आर्थिक चलायमानमा सहयोग गर्ने उल्लेख गरे । उनले मेला लगाउन स्थायी संरचना बनाउने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी, बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष हरि प्रसाद अर्याल, नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष बेल प्रसाद शर्मा, जनमोर्चा नगर अध्यक्ष हर्क बहादुर टण्डन, तिलोत्तमा–५ का वडा अध्यक्ष रमेश डुम्रे, मेला सह आयोजक संस्था तिलोत्तमा व्यापार संघका अध्यक्ष बाबुलाल भुसाल, सह–आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जिएम लगायतले बोलेका थिए। 

    मेला उद्घाटन पूर्व मेला सचिवालयबाट आमा समूह, क्लब, संघ–संस्था, टोल विकास संस्थालगायतको सहभागीतामा विभिन्न जातजातिको भेषभुषा र झाँकी गरी ११९ टोलीसहित प्रभातफेरी कार्यक्रम भएको प्रकाशन, जनचेतना र्याली श्रव्य दृष्य व्यवस्थापन समितिका संयोजक हरिलाल पान्डेले जानकारी दिय ।

    प्रभातफेरी कार्यक्रम मेला सचिवालयबाट कफी कम्पनी, मणिग्राम चोक, क्रिमशन अस्पताल हुँदै मेला सचिवालयमा पुगेर समापन हुनेर उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समूहलाइ पुरस्कार प्रदान गरिएको थियो ।

    थारु साँस्कृतिक मयुर नाच बुटवल–१९ प्रथम भएको छ भने श्रीकृष्ण युवा क्लब तिलोत्तमा–१२ तुकतुकिया द्वितीय, तिलोत्तमा बहुमुखी सहकारी संस्था तिलोत्तमा–२ तृतीय र मिलन आमा समूह तिलोत्तमा–१४ टिकुलिगढ र जागृति आमा समूह तिलोत्तमा–५ लाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

    मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं विक्री हुने संघका महासचिव राजकुमार पाण्डेले बताए ।

    प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीले जानकारी दिए ।

    प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मेला आयोजक मूल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले बताए ।

    मेलामा औद्योगिक प्रविधि, रेष्टुरेण्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहने वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए ।

    मेला तथा महोत्सवलाइ मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।

    मेला सम्पन्न गर्न सरकारका विभिन्न निकायहरु, राजनीतिक दल, संघ–संस्था, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, समाजसेवी एवं आम नागरिकहरुको पूर्ण साथ र सहयोग प्राप्त हुनेमा संघले विश्वास लिएको सचिवालय तथा मंच व्यवस्थापन समिति संयोजक ज्ञानेन्द्र कार्कीले बताए ।

    images
    प्रकाशित मिति :मंसिर १, २०८० शुक्रवार - २१:२९:२७ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij