२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

यसरी हुँदैछ छैठौं लुम्बिनी प्रादेशिक महोत्सवको तयारी (फोटो फिचर)

शुक्रवार , मंसिर १, २०८०

भैरहवा, १ मंसिर ।
चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही)को आयोजनामा यही मंसिर ६ देखि १८ गतेसम्म भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) को तयारी तीव्र पारिएको छ । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा हुने महोत्सवको ७५ प्रतिशत काम सम्पन्न भइसकेको मेला मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताए ।

उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष समेत रहेका श्रेष्ठले भने, चाडपर्व/विदाको दिन पनि हामी रातदिन खटिएका छौं, महोत्सवलाई सफल बनाउन लागिपरेको छौं ।’ मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने उनले बताए । उद्घाटन भएर पनि हालसम्म नियमित सञ्चालनमा आउन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि दबाब दिन मेलाको प्रवेशद्वार नै हवाइजहाजको आकृतिमा निर्माण भइरहेको उनले जानकारी दिए । ‘विमानस्थल झल्किने गरी प्रवेशद्वार निर्माण हुँदैछ, ’उनले भने । महोत्सवमा कुस्ती, भलिबललगायतका खेलकुद प्रतियोगिता सञ्चालन गरिने उनको भनाइ छ । 
महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई ८० रुपैयाँ, विद्यार्थीलाई ५० रुपैयाँ र समूहमा आउने विद्यार्थीलाई ३० रुपैयाँ तोकिएको अध्यक्ष श्रेष्ठले जनाए । 

शनिबार र सार्वजनिक विदाको दिनबाहेक अन्य दिनहरुमा बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था रहेको उनको भनाइ छ । त्यस्तै परिचयपत्रको आधारमा ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तहरुका लागि महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था रहेको बताए । महोत्सवको करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको उनले बताए ।

mela m.jpg

उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक अनिल कुमार ज्ञवालीले उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । महोत्सवले नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ समेत बनाउने उनले बताए । उनले भने, ‘महोत्सवमा सुपथ मूल्यमा गुणस्तरीय सामान पाइन्छ । ’उनले महोत्सवको अवलोकन गर्न आग्रह गरे ।

संगठनका पूर्वअध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक नारायण प्रसाद भण्डारीले बेलहिया नाकादेखि मेलास्थलसम्म आउन यातायातको व्यवस्था गरिने बताए । उनले भने, ‘महोत्सवमा दर्शकहरुलाई स्वागत गर्न तयार छौं । भारतीय विद्यार्थीहरुलाई पनि परिचयपत्रका आधारमा मेलामा प्रवेशका लागि छुट प्रदान गरिनेछ । ’

महोत्सवका स्टल निर्माण व्यवस्थापन उपसमिति संयोजक सिकन्दर अली धुनियाले स्टल निर्माण कार्य तीव्र गतिमा अघि बढेको बताए । 

सिद्धार्थनगर नगरपालिकाको सह–आयोजनामा हुने महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श काठमाडौं र चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश रहेको छ ।

IMG_2811.jpg
nggg.jpg
nnnmmm.jpg
nnn.jpg
401833515_938728907795025_5148838163514334950_n.jpg
nnnma.jpg
401836858_938728314461751_4637651826795153352_n.jpg
401819782_938728801128369_6565502417031596169_n.jpg
401838383_938728687795047_7878383893609841664_n.jpg

तस्विर : सचिन्द्र तुलाधर/रबिन्द्र प्रताप गुप्ता