२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले भूकम्पप्रभावितलाई राहत दिने

बुधवार , कार्तिक २२, २०८०

दाङ, २२ कार्तिक । 
लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले भूकम्पपीडितलाई राहत दिने भएका छन् । भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका प्रभावित क्षेत्रका लागि राहत रकम दिने भएका हुन् ।

कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्पप्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए । 

प्रमुख सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय निर्णय अनुसार ११ औं तह वा सो भन्दा माथिका कर्मचारीले तीन दिनको तलब, अधिकृत छैठौंदेखि दशौं तह वा सो सरहसम्मका कर्मचारीले दुई दिनको तलब र सहायकस्तर र तहविहीन कर्मचारीले एक दिनको तलव भूकम्पपीडितका लागि उपलब्ध गराउने भएका हुन् ।

उक्त रकम कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन् । गत शुक्रबार गएको भूकम्पले कर्णाली प्रदेशको जाजरकोट, रुकुम पूर्व, सल्यान जिल्लामा माननीय तथा भौतिक क्षति पुर्‍याएको छ ।