
मंगलवार , कार्तिक २१, २०८०
भैरहवा, २१ कार्तिक ।
नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीले भैरहवा भन्सार कार्यालय बेलहियाका नवआगन्तुक प्रमुख भन्सार अधिकृत नारद गौतमलाई स्वागत गरेको छ । संघले भैरहवामा एक कार्यक्रमको आयोजना गरी गौतमलाई स्वागत गरेको हो ।
सो अवसरमा बोल्दै भन्सार एजेण्ट संघ सिद्धार्थनगरका पदाधिकारी तथा सदस्यहरुले भन्सारमा देखिएका विभिन्न समस्या समाधानका लागि आग्रह गरेका हुन् । कार्यक्रममा बेलहिया नाकामा जाम, यात्रु शाखा, पर्यटक, सर्भरको समस्या, अन्तर सरकारी कार्यालयबीच समन्वय जस्ता विषयमा प्रमुख भन्सार अधिकृतको ध्यानाकर्षण गराइएको नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले बताए ।
केशव पन्थको सञ्चालनमा भएको कार्यक्रममा भन्सार एजेण्ट संघ सिद्धार्थनगरका पूर्वअध्यक्ष प्राचीन थैव, संस्थापक अध्यक्ष धर्मराज आचार्य, निवर्तमान अध्यक्ष असिम न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij