२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

भूकम्प प्रभावितलाई लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने

मंगलवार , कार्तिक २१, २०८०

भैरहवा, २१ कार्तिक ।
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपीडितहरुका लागि लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने भएको छ । कोष सचिवालयको बैठकले तत्काल राहात र उद्वारका लागि कोषका तर्फबाट २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतीप्रति दुःख व्यक्त गर्दै कोषका तर्फबाट प्रभावितहरुलाई प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमार्फत सहयोग गर्ने निर्णय भएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

सदस्य सचिव शाक्यका अनुसार कोषका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोषका अध्यक्ष सुदन किराँती र उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले प्रधानमन्त्रीलाई सहयोग चेक हस्तान्तरण गर्नेछन् ।  कोषले भूकम्पबाट मृत्यू भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति पुगेको छ ।