२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

सीमामा कडाइ गर्न बुटवल उद्योग वाणिज्य संघको माग

शुक्रवार , कार्तिक १७, २०८०

  • 982
    Shares
  • 982
    Shares
  • बुटवल, १७ कार्तिक ।

    बुटवल उद्योग वाणिज्य संघले दशैं तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुमा सीमा नाका खुकुलो बनाएको भन्दै यसलाई तत्काल कडाइ गर्न माग गदै भैरहवा भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको नेतृत्वमा गएको टोलीले शुक्रबार भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    ज्ञापनपत्र बुझाउँदै उद्योग उपाध्यक्ष भट्टराईले दशैं तिहार जस्ता महत्वपूर्ण चाडपर्वको नाममा सीमा नाका खुकुलो हुदै दैनिक सयाँंको संख्यामा नाकामा नेपालबाट मानिसहरु भारत जाँदै सामान लिदै गर्दा स्वदेशी व्यवसायीहरु मारमा परेको उनले बताए । यसको लागि भन्सार नाकाबाट सामान ओसारपसारमा चेकजाँच गरी कडाइ गर्न उनले आग्रह गरे ।

    बुटवल उद्योग बाणिज्य संघको नेतृत्वमा गत जेठ १८ गते गएको डेलिकेसनले केही कडाइ भए पनि अहिले पुनः खुकुलो भएको बताउँदै पुनः नाकामा कडाइ गर्न उनले आग्रह गरे । देशको अर्थतन्त्र बलियो बनाउन भन्सार तथा खुल्ला सिमामा कडाइ गर्दै जानुपर्ने नीतिविपरीत खुकुलो बनेको उनको भनाइ छ । 

    ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले सीमा नाकामा देखिएको समस्यालाई समाधान गर्दै थप कडाइ गर्ने प्रतिवद्धता व्यक्त गरे । चाडपर्व लक्षित सीमा नाकामा आउनेजाने मानिसहरुले सामान बाहिरबाट ल्याउने भएकाले यसलाई थप कडाई गर्ने उनले बताए ।