
आइतवार , माघ १८, २०७७
भैरहवा, १८ माघ ।
भैरहवामा अब पाँच मिनेटमै मोटरसाइकल/स्कुटर धुलाउन सकिने भएको छ । सो सुविधा प्रदान गर्नका लागि डाइनामिक अटोमेटिक बाइक वास सेन्टर सञ्चालनमा आएको छ । ग्राहकलाई छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले डाइनामिक अटोमेटिक बाइक वास सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक गणेश न्यौपानेले बताए । ‘अहिले आधुनिक युगमा समयको बचत महत्वपूर्ण कुरा हो, यसैलाई मध्यनजर गर्दै अटोमेटिक वास सेन्टर सञ्चालनमा ल्याएका छौं, ’उनले भने । मोटरसाइकल धुने सुविधासहित सर्भिसिङ, मोटर पाटर्स उपलब्ध हुने न्यौपानेले जानकारी दिए ।
भैरहवामा पहिलो पटक सञ्चालनमा आएको उक्त अटोमेटिक बाइक वास सेन्टरमा रु. १२० मा मोटरसाइकल धुलाउन सकिने उनले बताए । सिद्धार्थनगर नगरपालिका–८ स्थित कैलाश पथ (मायादेवी बजार नजिकै) रहेको वास सेन्टर शुभारम्भको अवसरमा २०७७ माघ महिनासम्म मोटरसाइकल धुलाउँदा २० प्रतिशत छुटको व्यवस्था रहेको अर्का सञ्चालक सुमन गजमिरले बताए ।
करिब १० लाख लगानीमा सञ्चालनमा आएको उक्त अटोमेटिक बाइक वास सेन्टरमा ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
डाइनामिक अटोमेटिक बाइक वास सेन्टरको आइतबार लुम्बिनी प्रदेशका प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रदेशसभा सांसद पाण्डेयले पर्यटन हबको रुपमा विकसित हुँदै गरेको भैरहवामा डाइनामिक बाइक वास सेन्टर सञ्चालमा ल्याउनु युवाहरुको राम्रो प्रयास भएको बताए । जनता समाजवादी पार्टी नेपाल (जसपा) लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहेका पाण्डेयले युवाहरुको प्रयास सफल हुने शुभकामना व्यक्त गरे ।
भैरहवासहित यस आसपास क्षेत्रका दुईपांग्रे सवारीसाधन चढ्ने ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यले डाइनामिक अटोमेटिक बाइक वास सेन्टर सञ्चालनमा आउनु सराहनीय रहेको लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका सचिव राजन शुक्लाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij