२०८२, फाल्गुण १९ गते

Mar 03 2026 | २०८२, फाल्गुण १९ गते

नेपालमा भ्रष्टाचारले करोड होइन, अर्ब नाघ्न थाल्यो : सुवाल

मंगलवार , आश्विन ३०, २०८०

  • 880
    Shares
  • 880
    Shares
  • भक्तपुर, ३० असोज । 
    संघीय सांसद् प्रेम सुवालले नेपालमा भ्रष्टाचारले करोड नभई अर्ब नाघ्न थालेको भन्दै रोष प्रकट गरेका छन् । सिद्धिगणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको २९ को वार्षिक साधारणसभाको मंगलबार भक्तपुरमा उदघाटन गर्दै सुवालले यो भ्रष्टाचारीहरूलाई कारवाही नहुँंदा भएको बताए । ‘पछिल्लोपटक वाइडबडीमा पाँंच–सात अर्बको भ्रष्टाचार भएको बाहिर आएकै हो’, उनले भने, ’ललितानिवास, बालुवाटार जग्गा काण्ड, ओम्नी काण्डलगायतका सबैसबैमा भ्रष्टाचार भएको बाहिर आएकै हो ।’

    भ्रष्टाचारीलाई मृत्युदण्डको सजाए दिनुपर्ने पार्टी धारणालाई उनले पुनः दोहोर्याए । संविधानमै शंशोधन गरेर भए पनि भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको सजाए दिनुपर्ने पार्टीको धारणा रहेको उनले दोहर्या‍ए । 

    फरक प्रसंगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम सुनेरै डराउनेहरुलाई सिंहदरबारमा पठाएर केही नुहने बताए । परराष्टमन्त्री एनपी साउदसँंग पत्रकारले नेपालको गुन्जीको भारतीय प्रधानमन्त्री मोदी नेपाललाई जानकारी दिएर गएको हो भन्ने पत्रकारको प्रश्नको उतर दिन डराएर माइक पन्छाएको दृश्य सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको भन्दै उनले त्यस्तालाई सिंहदरबार पठाएर मन्त्री बनाएसम्म देश उभो लाग्न नसक्ने दावी गरे।

    उनले इजरायल र प्यालेष्टाइनबीचको युद्धमा मारिएका १० जना निर्दोष नेपालीको निधनको जिम्मेबारी सरकारले लिनुपर्ने जिकिर पनि गरे । ८० वर्षदेखि युद्धग्रस्त क्षेत्रमा नेपालीलाई पठाउन नहुने ठाउँंमा पठाएकाले यसको दोषी नेपाल सरकार रहेको उनको जिकिर थियो ।