२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

रुपन्देही उद्योग संघ : एमाले–कांग्रेस निकट उद्योगीहरुको संयुक्त प्यानल विजयी 

मंगलवार , आश्विन ३०, २०८०

रुपन्देही, ३० असोज । 
रुपन्देही उद्योग संघको २३ औं अधिवेशनबाट नेकपा (एमाले) र नेपाली कांग्रेस निकट उद्योगीहरुको संयुक्त प्यानल विजयी भएको छ । संघको सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित भएका छन् ।
मतपरिणाम अनुसार खत्रीले ४०१ मत प्राप्त गरी विजयी भएका हुन् । अर्का प्रत्यासी माया खनालले २८६ मत प्राप्त गरिन् । त्यसै गरी कोषाध्यक्ष पदमा युवराज आचार्यले ३७८ मत प्राप्त गरी विजयी हुँदा अर्का प्रतिष्पर्धी सुरेन्द्र ज्ञवालीले ३१० मत प्राप्त गरे ।

सचिवमा सुमन बस्यालले ३९६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिष्पर्धी कमल ज्ञवालीले २९१ मत प्राप्त गरे । सह–कोषाध्यक्ष पदमा विशाल बेलबासेले ४२५ मत प्राप्त गरी विजयी हुँदा प्रेम बहादुर आलेले २६८ मत प्राप्त गरे । त्यसै गरी महिला सदस्यमा (२ जना) मीना थापा तुलाधर (४८९ मत) र शारदा भट्टराई (४५७ मत) विजयी हुँदा सारदा पहारीले २६२ मत प्राप्त गरिन् ।

खुला सदस्यतर्फ कृष्ण प्रसाद पोखरेल (४८३), नारायण प्रसाद खनाल (४९२), मोहनिलाल रिजा (४३१), बलबहकादुर गोदार (४१५),अखिलेस गुप्ता (४२०), किरण खरेल (४८९), चक्रपाणी तिवारी (३७३) र अशोक कुँवर (४८०) निर्वाचित भएका छन् ।

पदाधिकारी तथा सदस्य सबै पदमा एमाले–कांग्रेस प्यानलका उम्मेदवार विजयी भएका हुन् । प्रतिष्पर्धामा  रहेका उम्मेदवारहरु तुलबहादुर सारु (३५३), लालबहादुर थापा (३२०), नेत्रबहादुर रुचाल (२७३) र मोहन प्रसाद भट्टराईले ३१९ मत प्राप्त गरे ।
यसअघि नै अध्यक्ष पदमा दिलिप सापकोटा, संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा हिरामणि भट्टराई र महिला सचिवमा मन्जु भुसाल निर्वाचित भएका छन् । काफ्ले र भुसाल कांग्रेस निकट हुन् भने बाँकी एमाले निकट हुन् । 

त्यस्तै एशोसिएट सदस्यमा प्रज्ज्वल थान्जु, आजीवन सदस्यमा माधवप्रसाद नेपाल, संस्थागत सदस्यमा गोबिन्दप्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल, बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे, तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउँपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त यमलाल खनालले जानकारी दिए ।

393486007_884750133174225_1778836420234496257_n-679x1024.jpg

393513754_3770640866499295_2651402077607054698_n-715x1024.jpg